News Portal

रेडियो सुन्नुहोस्

जीवनको रंग : बाख्रापालनमा रमाउँदै किसान

तेजेन्द्र बि.एम./बिमल प्र‍साद पाेख्रेल२०७८ माघ ११, प्यूठान
६२१ पटक
२०७८ माघ ११, प्यूठान

प्यूठान नगरपालिका–७, टिकुरीकी देवा केएमले व्यावसायिकरुपमा बाख्रापाल्न थालेको तीन वर्ष बित्यो । बाख्रापालनले परिवार पाल्न सकिने आट जागेपछि उनले विदेशमा बस्ने श्रीमानलाई समेत बोलाएर बाख्रालानमै लगाएकी छन् । उनीहरु हिजोआज बाख्रा पालमा रमाएका छन् ।

यहॉको काप्डाँडाँमा जग्गा भाडामा लिएर उनीहरुले बाख्रा पालेका छन् । आफ्नै लगानिमा बाख्रा पाल्दै आएका उनीहरुको फर्मलाई पछिल्लो समय नेपाल सरकारले विभीन्न कार्यक्रम मार्फत सहयोग गर्न थालेपछि थप हौसीएका छन् । उनीमात्र होइन प्यूठान नगरपालिका ७ र ३ नम्बर बडाका बाख्रापालक किसान खुसी भएका छन् । संघिय सरकारको सहगोग अन्तर्गत लागत साझेदारी बाख्रा प्रवर्धन कार्यक्र प्यूठान नगरपालिका ३ र बाख्रा पकेट विकास कार्यक्रम प्यूठान नगरपालिका ७ मा एक सय जना किसानलाई बाख्रा पालनमा सहयोग गरीएको प्यूठान नगरपालिका पशुसेवा शाखाका प्रमुख गिरीराज पौडेलले बताए ।

कार्यक्रम अन्तर्गत प्यूठान नगरपालिका ७ मा ५० घरपरिवार र ३ र २ वडाका केहि भाग समेटेर ५० घर परिवारमा सहयोग भएको पौडेलले बताए । वडा नम्बर ७ मा मिलीजुली क्षेत्रपाल बाख्रापालन समिति मार्फत र वडा नम्बर ३ मा बिजयनगर साना किसान महिला कृषि सहकारी संस्था मार्फत कार्यक्रम गरिएको छ । वडा नम्बर ३ मा संघिय सरकारको १० लाख र किसानको १२ लाख ५० हजार लागतमा कार्यक्रम सञ्चालन भएको छ । यस्तै वडा नम्बर ७ संघिय सरकारको १२ लाख किसानको १२ लाख ५० हजार लगानिमा कार्यक्रम सञ्चालन भएको छ । प्रति घरपरिवार ५ वटाका दरले ५०० वटा बाख्रा सरिद गरेर किसानलाइ प्रदान गरिएको छ । प्रजनन्को लागि १० वटा बोका, डा“लेघास बिरुवावा वितरण,औषधि पनि किसानलाइ प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रम सञ्चलन भएपछि किसानहरु बाख्रापालन व्यवसायप्रति आक्रसित भएका छन् । परम्परागतरुपमा बाख्रा पाल्दै आएका किसान व्यवसायिक तर्फ उन्मुख हुँदै गएको प्यूठान नगरपालिका ३ का किसान विनोद खड्काले बताए । खरिद गरिएका सबै बाख्राहरुको विमा गरिएको छ । प्यूठान नगरपालिका पशुसेवा शाखा मार्फत प्राविधिक सहयोग भएको छ । नर्ससुधारको लागि बोयरक्रस बोकाहरु अर्घाखाँचीबाट ल्याइएका छन् । किसानलाई औषधि, डाँले घाँसको बिरुवा वितरण भएको छ । यसले बाख्रा पालनमा सहजता भएको किसानहरुको भनाइ छ । संघिय सरकार अन्तर्गत बाख्रापालन किसानलाई सहयोग भएपछि बाख्रापालनमा किसानहरु थप आक्रसित हुने अफेक्षा नगरपालिकाले गरेको प्यूठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीले बताए ।

बाख्राको पकेट तथा स्रोत केन्द्रको विकास,खसीको मासुमा नगरपालिका आत्मनिर्भर,रोजगारी सिर्जन आयअर्जनमा बृद्धि गरिबी न्यूनीकरण हुने अपेक्षा नगरपालिकाले गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...