News Portal

रेडियो सुन्नुहोस्

जिल्ला प्रशासनमा १६ गतेदेखि बार अनुसार सेवा

झुलेनी पोष्ट२०७८ माघ १३
१३१८ पटक
२०७८ माघ १३

जिल्ला प्रशासन कार्यालय प्यूठानले माघ १६ गतेदेखि बार अनुसार सेवा दिने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण हुँदा अत्यावश्यक बाहेक सबै सेवा बन्द बन्द गरेको कार्यालयले बिहिवार सुचना जारी गर्दै आइतवारदेखि बार अनुसार सेवा लागेको जनाएको हो ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको र कर्मचारीहरुमा कोरोना संक्रमण भइ उपचाररत रहेको जानकारी गराउँदै प्रशासनले यस्तो सुचना जारी गरेको हो । जारी सुचना अनुसार राष्ट्रिय परिचय पत्र बाहेक नागरिकता, राहदानी लगायत प्रशासन कार्यालयबाट प्रदान गरीने अन्य सेवा अर्को सुचना जारी नभएसम्मका लागि स्थगित तपसिल अनुसार सेवा दिन लागेको हो ।

जस अनुसार आइतवार नौबहिनी गाउँपालिका र गौमुखी गाउँपालिका, सोमवार झिमरुक गाउँपालिका र ऐरावती गाउँपालिका, मंगलवार मल्लरानी गाउँपालिका र प्यूठान नगरपालिका, बुधवार नौबहिनी गाउँपालिका र गौमुखी गाउँपालिका, बिहिवार झिमरुक गाउँपालिका र ऐरावती गाउँपालिका, शुक्रवार मल्लरानी गाउँपालिका र प्यूठान नगरपालिकावासीहरुलाई सेवा दिने भएको हो ।

इलाका प्रशासन कार्यालय जस्पुरको कार्यक्षेत्रमा रहेका स्थानीय तहका सेवाग्राहीलाई कार्यालय खुलेको सबै दिनहरुमा सेवा प्रदान हुने बताइएको छ । सेवा लिन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन भनिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...