News Portal

रेडियो सुन्नुहोस्

बालिका हत्या आरोपमा युवक पक्राउ

झुलेनी नेटवर्क१६ माघ, वीरगञ्ज
९८४ पटक
१६ माघ, वीरगञ्ज

वीरगञ्जमा बालिका हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१५ भिश्वामा बस्ने सरोज महतो कुशवाहाको १० वर्षीया छोरी रिजवाना महतो हत्या आरोपमा प्रहरीले ४० वर्षका मोतीलाल प्रसाद कुर्मीलाई पक्राउ गरेको छ ।

पुस २४ गते वीरगञ्ज–१६ नगवामा कञ्चनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको चेपमा घोप्टो परेको अवस्थामा बालिकाको शव भेटिएको थियो ।

मोतीले बालिकाको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

‘योजना बनाएरै बालिकाको हत्या गरेको तथ्य खुलेको छ ।’ उनले भने तथ्यलाई पुष्टी गर्न प्रमाणहरु पनि संकलन भएका छन् ।’

माघ २ गते नै पक्राउ परेका मोतीको बारेमा प्रहरीले आइतबार जानकारी दिएको छ । उनी विरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...