गजल
अनुहार उज्याला मन, काला लिएर
ऋण झार्न आउछ साहुँ, ताला लिएर
जब जिन्दगी अचानो माथि परेको हुन्छ
निशाना लगाउछ दुनियाँ, भाला लिएर
छोरो स्कुल गएको, तास खेलेर फर्किन्छ
आउछिन छोरी वन बाट, दाला लिएर
कुलतमा फसेर फर्किन्छ, शहर पढ्न गएको
ज्ञानी बनाउछ सन्तान किसानले, गोठाला लिएर
विरामी हुदा कोही, सोधपुछ गर्न आएनन्
मृत्यू पश्चात आए आफन्त, माला लिएर
कुमार विश्वकर्मा रुन्टीगढी गाउँपालिका रोल्पा हाल दुबै