News Portal

रेडियो सुन्नुहोस्

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि

तेजेन्द्र बि. एम.२०७८ फागुन १६
८५३ पटक
२०७८ फागुन १६

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ । बिहानै देखि बजार खुलेका छैनन् भने सवारी साधनहरु पनि चलेका छैनन् । विद्यालय बन्द छन् । आईतबार साझ ६ कम्यूनिष्ट पार्टी र २ मोर्चाको बैठक बसि देशव्यापी मसास जुलुस गर्दै संयुक्त विज्ञप्ति जारी गर्दै आज नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दको प्रभाव संगै प्युठानबाट छुट्ने लामो दुरिका गाडि तथा छोटो दुरिका कुनैपनि गाडिहरु चलेका छै्रनन् । एम्बुलेन्स, तरकारीका गाडि, छोटो दुुरिमा चल्ने बाइक तथा स्कुटी भने फाट्टफुट्ट चलेका छन् । प्यूठानको व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, जुम्रिका पसलहरु पनि खुलेका छैनन् । बिहानै देखि सुरक्षाकर्मीहरु ठाउँठाउँमा स्कटिङमा खटिरहेका छन् ।

एमसिसी सदनबाट पास हुन नदिन बिरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले एमसिसी पारित गर्ने मुर्खता गरिएको भन्दै नेपाल बन्दको आह्वान गरेको विज्ञप्तीमा उल्लेख छ ।

विप्लप नेतुत्व नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगनतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्व नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी यि ८ दलले नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दमा अहिले सम्म कुनै किसिमको घटना नभएको र समस्यामा परेका यात्रुहरुका लागि स्कटिङको व्यवस्था गरी गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख सत्यनारायण थापाले झुलेनी पोष्टलाई जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...