News Portal

रेडियो सुन्नुहोस्

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि

तेजेन्द्र बि. एम.२०७८ फागुन १६
७५८ पटक
२०७८ फागुन १६

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ । बिहानै देखि बजार खुलेका छैनन् भने सवारी साधनहरु पनि चलेका छैनन् । विद्यालय बन्द छन् । आईतबार साझ ६ कम्यूनिष्ट पार्टी र २ मोर्चाको बैठक बसि देशव्यापी मसास जुलुस गर्दै संयुक्त विज्ञप्ति जारी गर्दै आज नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दको प्रभाव संगै प्युठानबाट छुट्ने लामो दुरिका गाडि तथा छोटो दुरिका कुनैपनि गाडिहरु चलेका छै्रनन् । एम्बुलेन्स, तरकारीका गाडि, छोटो दुुरिमा चल्ने बाइक तथा स्कुटी भने फाट्टफुट्ट चलेका छन् । प्यूठानको व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, जुम्रिका पसलहरु पनि खुलेका छैनन् । बिहानै देखि सुरक्षाकर्मीहरु ठाउँठाउँमा स्कटिङमा खटिरहेका छन् ।

एमसिसी सदनबाट पास हुन नदिन बिरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले एमसिसी पारित गर्ने मुर्खता गरिएको भन्दै नेपाल बन्दको आह्वान गरेको विज्ञप्तीमा उल्लेख छ ।

विप्लप नेतुत्व नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगनतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्व नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी यि ८ दलले नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दमा अहिले सम्म कुनै किसिमको घटना नभएको र समस्यामा परेका यात्रुहरुका लागि स्कटिङको व्यवस्था गरी गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख सत्यनारायण थापाले झुलेनी पोष्टलाई जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...