News Portal

रेडियो सुन्नुहोस्

जीवनकाे रंग : सरुमारानीमा सामुहिक कृषि फर्म

सुजाता थापा क्षेत्री२०७८ फागुन १८, प्यूठान
५७१ पटक
२०७८ फागुन १८, प्यूठान

सरुमारानी गाउँपालिका–२, दर्भानमा हाम्रो बहुउद्धश्यीय कृषि फर्म सञ्चालनमा आएको करिब ४ वर्ष पुग्यो। यो कृषि फर्म ५ जनाको साझेदारीमा सञ्चालनमा छ । लगानीकर्ता डण्ड गुरुङ्ग, गमानसिंङ गुरुङ्ग, केशर गुरुङ्ग (के.बि.) गरी ३ जना प्यूठानका र २ जना दाङका साझेदार रहेका छन । करिब २० लाख लगानीमा सञ्चालित फर्म ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । वडा नं.२, दर्भानमा २० रोपनी र वडा नं.१, को बाङगेसालमा १५ रोपनी जग्गा भाडा लिएको डण्ड गुरुङले बताए। उनका अनुसार फर्म स्थापना गर्न ऋण सापट लिएर सञ्चालन गरिएको हो ।

भारतबाट आयात गरिएको ताइवान पिंक प्रजातीको वर्षै भरी फल दिने बेलौती (अम्बा) र ड्राइगन फ्रुट यस फर्मको प्रमुख आम्दानीको स्रोत हो । फर्ममा मौषमी रुपमा लिची र अाँप पनि उत्पादन हुँदै आएको छ । हाल सम्म ५ क्वीन्टल भन्दा बढी अम्बा र २ क्वीन्टल भन्दा बढी ड्राइगन फ्रुट निर्यात समेत गरीसकेको यस यस फर्मका सञ्चालकको भनाई छ । फर्मको मासिक आम्दानी औसत ६० हजार जति हुँदै आएको गमानसिंह गुरुङले बताए । यस बहुउदेश्यीय कृषि फर्मले फलफूल सहित कडकनाथ कुखुरा, टर्की, बट्टाई चरा पालन समेत गर्दै आइरहेको छ । यहाँबाट अण्डा र मासुका लागि दुबै बिक्रि हुँद आएको छ ।

आफ्नै एभर ग्रिन नामक नर्सरी रहेको यस फर्मले ताइवान पिंक प्रजातीको अम्बाको विरुवा, कागती, इस्ट्रोबेरी, मोरिङ्गा (सितलचिनी), नरिवल, अनार, धुपिसल्ला, लिची, आप, टिमुर, ड्राइगन फ्रुट, किम्बु आदी विरुवा पनि उत्पाद र बिक्रि गर्दै आइरहेको गमानसिंङ गुरुङले बताए । १२ देखि १४ घण्टा फर्ममै काम गरेर बिताउने डण्ड गुरुङ सुरु देखिनै कृषिमा रमाउने स्वाभावका व्यक्ति हुन । उनले यस फर्म सञ्चालन अघि गतिशिल सहकारी समुहका सदस्य मिली तरकारी खेती गर्दै आइरहेका थिए । उनको पारिवारीक स्रोत नै तरकारी तथा फलफुल खेती रहेको उनको भनाई छ ।

फर्म साझेदारीमा लगानी गरि सञ्चालन भए पनि फर्ममा रहि काम गर्नेले न्युनतम पारिश्रमिक समेत लिने गरेको गुरुङ्गले बताए । डण्ड गुरुङ्ग, गमानसिंङ गुरुङ्ग, केसर गुरुङ्ग र २ जना स्थानीय महिला गरि ५ जनाले यस फर्ममा काम गर्दै आइरहेका छन । सिजनको समयमा अन्य व्यक्तिले यस फर्ममा काम पाउने गर्दछन । यस फर्मले जिल्ला वन कार्यालय प्यूठान मार्फत ५ लाख रुपैया अनुदान समेत पाएको डण्ड गुरुङ्गले बताए । उनी थप्छन् ‘यस अनुदानले हामीलाई थप हौसला मिलेको छ ।’ यस फर्मबाट उत्पादित फलफुल तथा विरुवा प्यूठान लगायत दाङ र बुटवलसम्म निर्यात गर्ने गरेको गुरुङले बताए । बढ्दो वेरोजगारीको मारमा च्यापिएका उनले आर्थिक पाटो सुधार गर्न कृषि पेसा अंगालेको बताए ।

अझै राम्रो फलफुल उत्पादन लिनको लागि अझै केहि वर्ष पर्खिनु पर्ने डण्ड गुरुङले बताउँछन । उनका अनुसार प्रसस्त मात्रामा फल लाग्न ड्राइगन फ्रुट र अम्बाले कम्तीमा ५ वर्ष समय लिने हँुदा उनीहरुले गरेको लगानी दिर्घकालिन रुपमा राम्रो प्रमाणित हुने गुरुङको भनाई छ ।

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...