News Portal

रेडियो सुन्नुहोस्

के का लागि पत्रकारिता ?

कमलको माध्यमबाट समाजमा भएका विकृति, विसंगति र कुसँस्कृतिलाई खोतल्दै पर्दासाफ गर्ने प्रयत्न गरें

गाेविन्द विश्‍वकर्मा श्रावण ०२
६९९ पटक
श्रावण ०२

पत्रकारिताको यो अत्यन्तै महत्वपूर्ण पाटोमा अडिग भएर बस्ने सायद कमै भेटिन्छन् होला । पत्रकारिता देख्दामा अलि सहज रुपमा देखा परेपनी व्यवहारमा उतार्नका लागि त्यति सहज भने अवश्व छैन । किनकि यसै पेशामा लागेर जीवन निर्वाह गर्ने खालको वातावरण त छैन नै राज्यले यसलाई चौथो अंकको रुपमा वर्गीकरण गरे तापनि अझैसम्म भौतिक सुरक्षाको ग्यारेन्टी दिन सकिरहेको अवस्था छैन । यस पेशामा लाग्नुको पीडा बेदना आफ्नै किसिमका छन् । मसँग पनि यो पत्रकारिताको धैरे लामो नभए पनि चार पाँच वर्षको छोटो अनुभव भने अवश्य छ । जब म कक्षा सातमा पढ्ने गर्थें । त्यति बेलादेखि म आफ्नो मनको इच्छा चाहना अनुसार पत्रकारितको गोरेटोमा उक्लिने प्रयत्न गरें, तब मैले पत्रकारिताको परिभाषा पनि बुझ्दै गएा । मलाई यस्तो भान हुनथाल्यो कि म आफ्नो कलमलाई आफ्नो स्वार्थको लागि नभएर दीनदुःखी, सर्वहारा वर्ग, श्रमजीवी वर्ग, गरिब तथा आम जनसमुदायको सरोकारको लागि प्रयोग गर्नुपर्छ भन्ने भइसकेको थियो । अझै भनौं, कमलको माध्यमबाट समाजमा भएका विकृति, विसंगति र कुसँस्कृतिलाई खोतल्दै पर्दासाफ गर्ने प्रयत्न गरें । सोही अनुसार मेरो चाहना बढ्दै गयो पनि ।

सोही चाहनालाई पूरा गर्नको लागि मैले समाजका हरेक महत्वपूर्ण सूचना तथा समाचारहरुलाई अन्वेषण गरेर मिडियामार्फत् सार्वजनिक पनि गरे । मेरो कार्यबाट प्रभावित भएर कसैले धन्यवाद एवं स्यावासी दिए भने कसैले गाली र धम्की दिए । तर म कसैको गाली र धम्कीबाट डराएर आफ्नो कलमलाई रोकेन । बरु उल्टै म साँचो, निष्पक्ष एवं जनपक्षीय सूचना एवं समाचारहरु जनता सामु सार्वजनिक गरिरहें । यस्तै क्रममा आज भन्दा करिब ४ वर्षको कुरा अर्थात् २०६८ साल तिरको कुरा हो । जतिबेला प्युठानलाई खुल्ला दिसा मुक्त जिल्ला घोषणाको अभियान चलिरहेको थियो । त्यसै अवधिमा सैद्धान्तिक रुपमा प्युठानको स्वर्गद्धारी गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा भईसके ता पनि व्यवहारिक रुपमा भने सबैतिर एक घरमा एक चर्पी बनिसकेको अवस्था थिएन । सोही समाचारलाई मैलै प्युठान जिल्लाको नामी रेडियो रेडियो लिस्ने आवाज १०३.६ मेगाहर्जमा सहकर्मी साथीहरुलाई फोन मार्फत् टिपाएँ । उक्त समाचार प्युठानका अन्य मिडियामा पनि बजे । यतिमात्र नभएर समाचारले राष्ट्रिय स्तरमा समेत राम्रै स्थान जमायो । चारैतिर समाचारले तरंग पैदा ग¥यो । अनि सरोकारवालाहरुलाई यो समाचार कस्ले लेख्यो भन्ने चासोको विषय बन्यो । यस समाचार लेखे बापत कसैले स्यावासी दिए भने कसैले गालीगलौज दिए । म एककाध व्यक्ति बाहेक सबैको आलोचित व्यक्तिको रुपमा दर्ज भएँ । तर ब कत्ति पनि हड्बडाएन । किनकि मेरो साँचो कुरालाई जनतासामु पु¥याउने धर्म हो, पत्रकारिता पेशामा लागेको नाताले ।
अरुका विषयलाई समाचार तयार बनाएर सार्वजनिक गर्ने हामी पत्रकारहरुको कहाली लाग्दो विषयलाई कसले समाचार बनाएर सार्वजनिक गर्ने ? हामी पत्रकारहरुले श्रम अनुसारको उचित मूल्य त पाएका छैनौं । भौतिक सुरक्षाको ग्यारेन्टी त कुन चरोको नाम जस्तै छ । श्रमको चचित मूल्य नपाउनु र भौतिक सुरक्षा नभएकै कारण केही सच्चा पत्रकारहरु यो पेशाबाट विस्तारै पलायन हुँदै गएको देखिन्छ । यसतर्फ सरोकारवालाहरुले समयमै ध्यान नदिने हो भने भोलिका दिनमा देश र जनताको लागि जनपक्षीय पत्रकारिता गर्ने पत्रकार भेट्न गाह्रो हुने कुरामा दुई मत छैन । पेशागत हकहित र भौतिक सुरक्षाको ग्यारेन्टीको लागि पनि सम्पूर्ण श्रमजीवी पत्रकारहरु एक जुट हुन आवश्यक छ । जनपक्षीय पत्रकारिताको लागि क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्यूठान कलम युद्ध गर्न पनि तयार रहेको कुरा सबैलाई चेतना भया ।
लेखकः क्रान्तिकारी पत्रकार संगठन नेपाल प्यूठानका अध्यक्ष हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी