News Portal

रेडियो सुन्नुहोस्

के का लागि पत्रकारिता ?

कमलको माध्यमबाट समाजमा भएका विकृति, विसंगति र कुसँस्कृतिलाई खोतल्दै पर्दासाफ गर्ने प्रयत्न गरें

गाेविन्द विश्‍वकर्मा श्रावण ०२
१३९२ पटक
श्रावण ०२

पत्रकारिताको यो अत्यन्तै महत्वपूर्ण पाटोमा अडिग भएर बस्ने सायद कमै भेटिन्छन् होला । पत्रकारिता देख्दामा अलि सहज रुपमा देखा परेपनी व्यवहारमा उतार्नका लागि त्यति सहज भने अवश्व छैन । किनकि यसै पेशामा लागेर जीवन निर्वाह गर्ने खालको वातावरण त छैन नै राज्यले यसलाई चौथो अंकको रुपमा वर्गीकरण गरे तापनि अझैसम्म भौतिक सुरक्षाको ग्यारेन्टी दिन सकिरहेको अवस्था छैन । यस पेशामा लाग्नुको पीडा बेदना आफ्नै किसिमका छन् । मसँग पनि यो पत्रकारिताको धैरे लामो नभए पनि चार पाँच वर्षको छोटो अनुभव भने अवश्य छ । जब म कक्षा सातमा पढ्ने गर्थें । त्यति बेलादेखि म आफ्नो मनको इच्छा चाहना अनुसार पत्रकारितको गोरेटोमा उक्लिने प्रयत्न गरें, तब मैले पत्रकारिताको परिभाषा पनि बुझ्दै गएा । मलाई यस्तो भान हुनथाल्यो कि म आफ्नो कलमलाई आफ्नो स्वार्थको लागि नभएर दीनदुःखी, सर्वहारा वर्ग, श्रमजीवी वर्ग, गरिब तथा आम जनसमुदायको सरोकारको लागि प्रयोग गर्नुपर्छ भन्ने भइसकेको थियो । अझै भनौं, कमलको माध्यमबाट समाजमा भएका विकृति, विसंगति र कुसँस्कृतिलाई खोतल्दै पर्दासाफ गर्ने प्रयत्न गरें । सोही अनुसार मेरो चाहना बढ्दै गयो पनि ।

सोही चाहनालाई पूरा गर्नको लागि मैले समाजका हरेक महत्वपूर्ण सूचना तथा समाचारहरुलाई अन्वेषण गरेर मिडियामार्फत् सार्वजनिक पनि गरे । मेरो कार्यबाट प्रभावित भएर कसैले धन्यवाद एवं स्यावासी दिए भने कसैले गाली र धम्की दिए । तर म कसैको गाली र धम्कीबाट डराएर आफ्नो कलमलाई रोकेन । बरु उल्टै म साँचो, निष्पक्ष एवं जनपक्षीय सूचना एवं समाचारहरु जनता सामु सार्वजनिक गरिरहें । यस्तै क्रममा आज भन्दा करिब ४ वर्षको कुरा अर्थात् २०६८ साल तिरको कुरा हो । जतिबेला प्युठानलाई खुल्ला दिसा मुक्त जिल्ला घोषणाको अभियान चलिरहेको थियो । त्यसै अवधिमा सैद्धान्तिक रुपमा प्युठानको स्वर्गद्धारी गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा भईसके ता पनि व्यवहारिक रुपमा भने सबैतिर एक घरमा एक चर्पी बनिसकेको अवस्था थिएन । सोही समाचारलाई मैलै प्युठान जिल्लाको नामी रेडियो रेडियो लिस्ने आवाज १०३.६ मेगाहर्जमा सहकर्मी साथीहरुलाई फोन मार्फत् टिपाएँ । उक्त समाचार प्युठानका अन्य मिडियामा पनि बजे । यतिमात्र नभएर समाचारले राष्ट्रिय स्तरमा समेत राम्रै स्थान जमायो । चारैतिर समाचारले तरंग पैदा ग¥यो । अनि सरोकारवालाहरुलाई यो समाचार कस्ले लेख्यो भन्ने चासोको विषय बन्यो । यस समाचार लेखे बापत कसैले स्यावासी दिए भने कसैले गालीगलौज दिए । म एककाध व्यक्ति बाहेक सबैको आलोचित व्यक्तिको रुपमा दर्ज भएँ । तर ब कत्ति पनि हड्बडाएन । किनकि मेरो साँचो कुरालाई जनतासामु पु¥याउने धर्म हो, पत्रकारिता पेशामा लागेको नाताले ।
अरुका विषयलाई समाचार तयार बनाएर सार्वजनिक गर्ने हामी पत्रकारहरुको कहाली लाग्दो विषयलाई कसले समाचार बनाएर सार्वजनिक गर्ने ? हामी पत्रकारहरुले श्रम अनुसारको उचित मूल्य त पाएका छैनौं । भौतिक सुरक्षाको ग्यारेन्टी त कुन चरोको नाम जस्तै छ । श्रमको चचित मूल्य नपाउनु र भौतिक सुरक्षा नभएकै कारण केही सच्चा पत्रकारहरु यो पेशाबाट विस्तारै पलायन हुँदै गएको देखिन्छ । यसतर्फ सरोकारवालाहरुले समयमै ध्यान नदिने हो भने भोलिका दिनमा देश र जनताको लागि जनपक्षीय पत्रकारिता गर्ने पत्रकार भेट्न गाह्रो हुने कुरामा दुई मत छैन । पेशागत हकहित र भौतिक सुरक्षाको ग्यारेन्टीको लागि पनि सम्पूर्ण श्रमजीवी पत्रकारहरु एक जुट हुन आवश्यक छ । जनपक्षीय पत्रकारिताको लागि क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्यूठान कलम युद्ध गर्न पनि तयार रहेको कुरा सबैलाई चेतना भया ।
लेखकः क्रान्तिकारी पत्रकार संगठन नेपाल प्यूठानका अध्यक्ष हुनुहुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...