News Portal

रेडियो सुन्नुहोस्

अब वृद्ध भत्ता र पेन्सनमा पनि कर

सिखबर संवाददाता
९५१ पटक

काठमाडौं – सरकारले कर्मचारीको वृद्धभत्ता अर्थात पेन्सनमा कर लगाएको छ। वृद्धभत्ता बढाउने भनेर चुनावमा भोट बटुलेको केपी शर्मा ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाले वृद्धभत्ता बढाउनु त कहाँ हो कहाँ कर्मचारीको वृद्धभत्तामा कर लगाएका हुन्।

यससँगै अब अवकाश प्राप्त सरकारी कर्मचारीको पेन्सनमा समेत कर लाग्ने छ। अर्थमन्त्री खतिवडाले अवकाश प्राप्त सरकारी कर्मचारीको पेन्सनमा कर लाग्ने गरी ऐन बनाउन निर्देशन दिएसँगै अवकास प्राप्त सरकारी कर्मचारीले पाउँदै आएको पेन्सनमा समेत कर लाग्ने निश्चित भएको हो।

संघीय निजामति सेवाको गठन, संचालन र सेवा शर्तका सम्बन्धमा तयार भएको ऐनको मस्यौदामा पेन्सनमा कर लाग्ने गरी ऐन बनाउन अर्थमन्त्री खतिवडाले अनावश्यक हस्तक्षेप गर्दै पेन्सनमा कर लाग्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

यसअघि पेन्सनमा कर नलाग्ने प्रस्ताव उक्त मस्यौदामा गरिएको थियो । तर, अर्थमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै ऐनमा भएको ‘पेन्सनमा कर नलाग्ने’ व्यवस्था हटाएर प्रचलित आयकर ऐनको व्यवस्था अनुसार ऐन बनाउन निर्देशन दिएका हुन् ।

उनको निर्देशन अनुसार ऐन बनेमा अवकास प्राप्त सरकारी कर्मचारीले पाउँदै आएको पेन्सनमा १ प्रतिशत कर लाग्ने छ । पेन्सन निवृत भएका कर्मचारीको वृद्धभत्ता नै हो क्ष् पेन्सन पाउनेले बृद्ध भत्ता पाउन्नन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...