News Portal

रेडियो सुन्नुहोस्

अब वृद्ध भत्ता र पेन्सनमा पनि कर

सिखबर संवाददाता
११३४ पटक

काठमाडौं – सरकारले कर्मचारीको वृद्धभत्ता अर्थात पेन्सनमा कर लगाएको छ। वृद्धभत्ता बढाउने भनेर चुनावमा भोट बटुलेको केपी शर्मा ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाले वृद्धभत्ता बढाउनु त कहाँ हो कहाँ कर्मचारीको वृद्धभत्तामा कर लगाएका हुन्।

यससँगै अब अवकाश प्राप्त सरकारी कर्मचारीको पेन्सनमा समेत कर लाग्ने छ। अर्थमन्त्री खतिवडाले अवकाश प्राप्त सरकारी कर्मचारीको पेन्सनमा कर लाग्ने गरी ऐन बनाउन निर्देशन दिएसँगै अवकास प्राप्त सरकारी कर्मचारीले पाउँदै आएको पेन्सनमा समेत कर लाग्ने निश्चित भएको हो।

संघीय निजामति सेवाको गठन, संचालन र सेवा शर्तका सम्बन्धमा तयार भएको ऐनको मस्यौदामा पेन्सनमा कर लाग्ने गरी ऐन बनाउन अर्थमन्त्री खतिवडाले अनावश्यक हस्तक्षेप गर्दै पेन्सनमा कर लाग्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

यसअघि पेन्सनमा कर नलाग्ने प्रस्ताव उक्त मस्यौदामा गरिएको थियो । तर, अर्थमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै ऐनमा भएको ‘पेन्सनमा कर नलाग्ने’ व्यवस्था हटाएर प्रचलित आयकर ऐनको व्यवस्था अनुसार ऐन बनाउन निर्देशन दिएका हुन् ।

उनको निर्देशन अनुसार ऐन बनेमा अवकास प्राप्त सरकारी कर्मचारीले पाउँदै आएको पेन्सनमा १ प्रतिशत कर लाग्ने छ । पेन्सन निवृत भएका कर्मचारीको वृद्धभत्ता नै हो क्ष् पेन्सन पाउनेले बृद्ध भत्ता पाउन्नन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...