News Portal

रेडियो सुन्नुहोस्

आमाले माया मारेको नबजात शिशुलाई डाक्टरले बचाए।

बोम बहादुर परियार २०७९ , बैशाख १२ प्यूठान
११७३ पटक
२०७९ , बैशाख १२ प्यूठान

 

सुत्केरी ब्यथा लागेर नौबहिनी गाउपालिका ७ फोप्ली गोगनपानीकी २५ वर्षिय महिला बेलि खड्कालाई शुक्रबार राती १० बजेको समयमा प्युठान अस्पतालमा ल्याईयो ।
उनलाई धेरै रक्तस्राव भएको थियो । असहाय मात्रामा दुखाई भएपछी उनले डाक्टरलाई शल्यक्रिया गर्न आफै आग्रह गरेकी थिईन ।
प्युठान अस्पतालका डाक्टर सन्तोस केसिले सनिबार बिहान ९ बजेको समयमा सल्यक्रियाद्वारा बेलिको बच्चा बाहिर निकाले ।
सल्यक्रिया सफल भयो तर बच्चाको मुटुको चाल सुनिएन । उता बेलिले बच्चा रोएको आवाज नसुनेपछी बच्चा जिबित नरहेको र माया समेत मारेकी थिईन ।
बेलिको सल्यक्रियामा खटिएका डाक्टर सन्तोस केसिले बच्चाको अबस्था गम्भीर देखेपछि तुरुन्त प्युठान अस्पतालका बालरोग बिशेषज्ञ डाक्टर सौरभ श्रेष्ठलाई खबर गरे ।
एकछिनको अथक प्रयासबाट जन्मिएको १५ मिनेट भित्रै बच्चाको मुटुको चाल ल्याउन सफल भएको बालरोग बिशेषज्ञ डाक्टर सौरभ श्रेष्ठले बताए ।
बच्चा रुन थाल्यो मुटुको चाल पनि आयो । डाक्टर नर्सिङ कर्मचारी सबै खुसी भए । नबजात शिशु को आमा बेलि खड्काले खुसी हुँदै गुमाएको बच्चालाई बचाई दिनुभएको भन्दै डाक्टरहरुलाई धन्यवाद दिईन ।
बेलिको यो दोस्रो बच्चा थियो । पहिलो बच्चा खेरा गएको उनले बताईन । अहिले बेलि उनका श्रीमान र सबै परिवार खुसी साथ प्युठान अस्पतालमा छन ।
पछिल्लो समय जिल्लामा बिशेषज्ञ सहितको सेवा सुचारु भएपछी अस्पतालमा आएका बिरामिहरु बाहिर रिफर हुने दर घट्दै गएको छ । जसले गर्दा नबजात शिशु र सुत्केरी आमाले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता हटेको स्थानीयहरुले बताएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...