News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा करिव १ हजारको मनोनयन दर्ता

झुलेनी नेटवर्क२०७९ वैशाख १५, बिहीवार प्यूठान
१२८७ पटक
२०७९ वैशाख १५, बिहीवार प्यूठान

आउँदौ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि प्यूठानमा करिब १ हजारको  मनोनयन दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार जिल्लाका नौ स्थानिय तहमा ९सय८८ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
जसमा अध्यक्ष तथा प्रमुख पदका लागि ४५ जना,उपाध्यक्ष तथा उप्रमुख पदका लागि ३१ जना,वडा अध्यक्ष पदमा २सय२२ जना,सदस्यमा ३सय६२,महिला सदस्य १सय७०,दलित महिला सदस्य १सय५८ गरी कुल ९सय८८ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।
त्यस्तै जिल्लाको प्यूठान नगरपालिकामा सबै भन्दा धेरै १सय५३ जनाले उम्मेदवारी दिएका छन । भने सबै भन्दा थोरै माण्डवी गाउँपािलकामा ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
जिल्लाका अन्य स्थानिय तहहरु मल्लरानी गाउँपालिकामा ८३,ऐरावतीमा १सय६,गौमुखीमा १सय३५,झिमरुकमा १सय४४,नौबहिहनीमा १सय५५,सरुमारानीमा ७२ र स्वर्गद्धारी नगरपालिकामा १सय१२ जनाले उम्मेदवारी दिएका छन ।
यस्तै भोली १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...