News Portal

रेडियो सुन्नुहोस्

चेरनेटा सडकमा राख्न लागिएको नालीले थेग्ला बर्खाको भेल ?

झुलेनी नेटवर्क२०७९असार,६
१०३२ पटक
२०७९असार,६

ऐरावती गाउँपालिकाको केन्द्र बरौला पुग्ने मुख्य सडक चेरनेटा–बरौला सडकमा निर्माण भएको नालीले पानीको भेल थेग्न नसक्ने स्थानीयले गुनासो गरेका छन् ।
प्रदेश सरकाको बजेटमा सडक पूर्वाधार विकास कार्यालय प्यूठान मार्फत ठेक्का भएर (डिविएसडी) कालोपत्रे गर्न थालिएको सडकमा एसियन (कन्कृट) नवलपरासीको रेडिमेट (प्रिकास्ट) नाली प्रयोग गरिएको छ ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले डिजाइन गरेर मिलोमतोमा राखिएको नाली राम्रो र स्थानीय आवश्यता बर्माेजिमको नभएको स्थानीयले आरोप लगाएका छन् । पहाडी भूभागमा तराइमा जस्तो सानो नालीले बर्खामा आउने भेललाई थेग्न नसक्ने स्थानीय दलबहादुुर थापाले बताए । उनले नाली निर्माणकै चरणमा साँगुरो देखिएको गुनासो गरे ।
मन्त्रालयले नै डिजाइन गरेको नाली प्रयोग गरिएको सडक पूर्वाधार विकास कार्यालय प्यूठानका निमित्त प्रमुख चन्द्र शाहले बताए । उनले नालीको विषयमा स्थानीयले गरेको गुनासोलाई मन्त्रालयमा राखेको बताए ।
चेरनेटादेखि १० दशमलभ ५ किलोमिटर सडक कालोपत्रे गर्नको लागि जलजला÷आँशु÷जयमा निर्माण कम्पनीले ८ करोड, ८ लाख, ६९ हजार ७ सय ३४ रुपैयाँमा निर्माणको ठेक्का लिएको छ । सडकको भौतिक प्रगती ६० प्रतिशत भएको कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...