News Portal

रेडियो सुन्नुहोस्

चेरनेटा सडकमा राख्न लागिएको नालीले थेग्ला बर्खाको भेल ?

झुलेनी नेटवर्क२०७९असार,६
१२३० पटक
२०७९असार,६

ऐरावती गाउँपालिकाको केन्द्र बरौला पुग्ने मुख्य सडक चेरनेटा–बरौला सडकमा निर्माण भएको नालीले पानीको भेल थेग्न नसक्ने स्थानीयले गुनासो गरेका छन् ।
प्रदेश सरकाको बजेटमा सडक पूर्वाधार विकास कार्यालय प्यूठान मार्फत ठेक्का भएर (डिविएसडी) कालोपत्रे गर्न थालिएको सडकमा एसियन (कन्कृट) नवलपरासीको रेडिमेट (प्रिकास्ट) नाली प्रयोग गरिएको छ ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले डिजाइन गरेर मिलोमतोमा राखिएको नाली राम्रो र स्थानीय आवश्यता बर्माेजिमको नभएको स्थानीयले आरोप लगाएका छन् । पहाडी भूभागमा तराइमा जस्तो सानो नालीले बर्खामा आउने भेललाई थेग्न नसक्ने स्थानीय दलबहादुुर थापाले बताए । उनले नाली निर्माणकै चरणमा साँगुरो देखिएको गुनासो गरे ।
मन्त्रालयले नै डिजाइन गरेको नाली प्रयोग गरिएको सडक पूर्वाधार विकास कार्यालय प्यूठानका निमित्त प्रमुख चन्द्र शाहले बताए । उनले नालीको विषयमा स्थानीयले गरेको गुनासोलाई मन्त्रालयमा राखेको बताए ।
चेरनेटादेखि १० दशमलभ ५ किलोमिटर सडक कालोपत्रे गर्नको लागि जलजला÷आँशु÷जयमा निर्माण कम्पनीले ८ करोड, ८ लाख, ६९ हजार ७ सय ३४ रुपैयाँमा निर्माणको ठेक्का लिएको छ । सडकको भौतिक प्रगती ६० प्रतिशत भएको कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...