News Portal

रेडियो सुन्नुहोस्

मृगौलामा समस्या देखिएपछि महिनौदेखी ओच्छ्यानमै थला, आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै पिडितद्धारा सहयोगको याचना ।

झुलेनी पाेष्ट २०७९ साउन १४, प्यूठान ।
११०४ पटक
२०७९ साउन १४, प्यूठान ।

प्यूठानकी एक महिला मृगौलामा समस्या देखिएकाले महिनौदेखी ओच्छ्यानमै थला परेकी छन । जिल्लाको झिमरुक गाउँपालिका वडा नं १ सौतामारे निवासी हिमा बि.कको मृगौलामा समस्या देखिए पछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

उपचारका लागि आर्थिक अभावका कारण मृत्यु कुरेर बस्नुपरेको उनले दुखेसो पोखिन । ५९ वर्षीय हिमा मृगौला रोगका कारण ३ महिनादेखि विस्तारामै थला परेकी हुन् ।श्रीमतीको एउटा मृगौला ड्यामेज भएको र उपचारका लागि आर्थिक अभाव रहेको उनका श्रीमान गंगा बहादुर बि.कले बताए । हिमाको मृगौलामा समस्या देखिएपछि मुटुका भल्वका नसाहरुले पनि काम गर्न छाडिसकेको चिकित्सकहरुले बताएका छन् । साथै मुटुको भल्वले काम गर्न छाडेपछि हिमालाइ उभिन समेत निकै पीडा हुने गरेको छ ।
हिमाको अहिले बिस्तारै खुट्टा पनि सुनिन् थालेका छन । उनको शरीर पनि सुक्दै गएको श्रीमान गंगा बहादुरले बताए । हिमाको अवस्था दिनप्रति दिन निकै कमजोर वन्दै गईरहेका कारण मृगौलाको उपचार तत्काल गर्नुपर्ने देखिन्छ । लामो समय धामीझाक्रिको भरमा गाउँमै उपचार गराइरहेका उनीहरुलाइ अर्घाखाँचीको सन्धिखर्क ओम पोलिक्लिनिकका सञ्चालकले बुटवलमा उपचार लागि जान सुझाव दिएका थिए ।

डाक्टरको सल्लाह बमोजिम बुटवलमा रहेको बुटवल हस्पिटल प्रा.लि.मा जाँच गराए प्रश्चात त्यहाँका चिकित्सकले उनको मृगौलामा समस्या मात्र नभई एउटा किड्नी समेत फेल भैसकेको र मुटुका भल्व तथा नसाहरुले काम गर्न छाडेको कारण त्यहाँ उपचारको सम्भव नभएको बताएका थिए ।
चिकित्सकले मृगौला उपचारका लागि तत्काल काठमाण्डौ लैजानु पर्ने बताएपनि आर्थिक समस्याका कारण उनीहरु घर फर्किएका हुन ।

उनीहरुको त्यस्तो अवस्थाको जानकारी पाए प्रश्चात झिमरुक गाउँपालिका वडा नं १ का वडा अध्यक्ष ध्रुवराज खनालले सहयोग स्वरुप प्रदान गरेका २० हजार रुपैयाँ रकम र छिमेकीहरुबाट चन्दा संकलन गरेको रकमबाट बुटवल सम्म पुगेपनि थप उपचारका लागि आर्थिक समस्या रहेको छ ।

बिपन्न परिवारको उपचारका लागि हिमाका श्रीमान र स्थानीय युवाहरुले चन्दा संकलन गर्ने अभियानको योजना बनाएका छन । उनीहरुले महिनौदेखि थला परेकी हिमाको उपचारका लागि सहयोग गर्न सबैलाइ अपिल गरिरहेका छन ।

सहयोग गर्न इच्छुक महानुभावले स्थानिय युवा तथा छिमेकी दिपेन्द्र सुनारलाई सम्पर्क गर्न सक्नुहुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...