News Portal

रेडियो सुन्नुहोस्

मृगौलामा समस्या देखिएपछि महिनौदेखी ओच्छ्यानमै थला, आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै पिडितद्धारा सहयोगको याचना ।

झुलेनी पाेष्ट २०७९ साउन १४, प्यूठान ।
७०२ पटक
२०७९ साउन १४, प्यूठान ।

प्यूठानकी एक महिला मृगौलामा समस्या देखिएकाले महिनौदेखी ओच्छ्यानमै थला परेकी छन । जिल्लाको झिमरुक गाउँपालिका वडा नं १ सौतामारे निवासी हिमा बि.कको मृगौलामा समस्या देखिए पछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

उपचारका लागि आर्थिक अभावका कारण मृत्यु कुरेर बस्नुपरेको उनले दुखेसो पोखिन । ५९ वर्षीय हिमा मृगौला रोगका कारण ३ महिनादेखि विस्तारामै थला परेकी हुन् ।श्रीमतीको एउटा मृगौला ड्यामेज भएको र उपचारका लागि आर्थिक अभाव रहेको उनका श्रीमान गंगा बहादुर बि.कले बताए । हिमाको मृगौलामा समस्या देखिएपछि मुटुका भल्वका नसाहरुले पनि काम गर्न छाडिसकेको चिकित्सकहरुले बताएका छन् । साथै मुटुको भल्वले काम गर्न छाडेपछि हिमालाइ उभिन समेत निकै पीडा हुने गरेको छ ।
हिमाको अहिले बिस्तारै खुट्टा पनि सुनिन् थालेका छन । उनको शरीर पनि सुक्दै गएको श्रीमान गंगा बहादुरले बताए । हिमाको अवस्था दिनप्रति दिन निकै कमजोर वन्दै गईरहेका कारण मृगौलाको उपचार तत्काल गर्नुपर्ने देखिन्छ । लामो समय धामीझाक्रिको भरमा गाउँमै उपचार गराइरहेका उनीहरुलाइ अर्घाखाँचीको सन्धिखर्क ओम पोलिक्लिनिकका सञ्चालकले बुटवलमा उपचार लागि जान सुझाव दिएका थिए ।

डाक्टरको सल्लाह बमोजिम बुटवलमा रहेको बुटवल हस्पिटल प्रा.लि.मा जाँच गराए प्रश्चात त्यहाँका चिकित्सकले उनको मृगौलामा समस्या मात्र नभई एउटा किड्नी समेत फेल भैसकेको र मुटुका भल्व तथा नसाहरुले काम गर्न छाडेको कारण त्यहाँ उपचारको सम्भव नभएको बताएका थिए ।
चिकित्सकले मृगौला उपचारका लागि तत्काल काठमाण्डौ लैजानु पर्ने बताएपनि आर्थिक समस्याका कारण उनीहरु घर फर्किएका हुन ।

उनीहरुको त्यस्तो अवस्थाको जानकारी पाए प्रश्चात झिमरुक गाउँपालिका वडा नं १ का वडा अध्यक्ष ध्रुवराज खनालले सहयोग स्वरुप प्रदान गरेका २० हजार रुपैयाँ रकम र छिमेकीहरुबाट चन्दा संकलन गरेको रकमबाट बुटवल सम्म पुगेपनि थप उपचारका लागि आर्थिक समस्या रहेको छ ।

बिपन्न परिवारको उपचारका लागि हिमाका श्रीमान र स्थानीय युवाहरुले चन्दा संकलन गर्ने अभियानको योजना बनाएका छन । उनीहरुले महिनौदेखि थला परेकी हिमाको उपचारका लागि सहयोग गर्न सबैलाइ अपिल गरिरहेका छन ।

सहयोग गर्न इच्छुक महानुभावले स्थानिय युवा तथा छिमेकी दिपेन्द्र सुनारलाई सम्पर्क गर्न सक्नुहुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...