News Portal

रेडियो सुन्नुहोस्

अब त जीवनले नेटाे काटे जस्ताे लाग्याे !

सिखबर संवाददाता
१४६६ पटक

लिला पुन

२०७५ साल भदाै महिना १३ गते रातकाे ३ बजे उठे । मेराे निम्ति ईतिहास बनेका विगतका दिनहरुकाे सम्झना अायाे । सुत्ने बेडबाट भइमा नजर लगाए, बैसपनकाे बेला बजाएकाे हारमाेनियम र सारंगीमा अाँखा गयाे । एकछिन् साेरठी गीतकाे भाकामा हारमाेनियम बजाए । फेरि सारंगीतिर नजर लगाए, हातमा सारंगी लिए, एक टकले हेरिरहे । हेर्दा सारंगी भित्री भागभरी मकेराकाे जालाे पाए, जालाे पुछपाछ पपारे । सारंगीकाे ताती र धनुमा खाेटाे लगाए ! अनि बैसपनकाे बेला हालकाे पूर्वी रुकुमकाे सेराखेत चाैपारीमा सानिभेरी पारी पाेखरा सांस्कृतिक कार्यक्रममा जादा बसेर गाएकाे गीतकाे सम्झना अायाे-“सबै ठुला उस्तै हुन, हाम्रा लागि मरेका, गाउँका निर्धा दु:खीलाई झुठ्ठा मुद्दा लाउने गरेका” । यही बाेलकाे गीतमा गीत गाए , सारंगी बजाएर तर दु:खकाे कुरा सारंगीका तातीहरुमा हातका अाैलाले साथ नदिएर हाेला, उसबेला मञ्चमा गाउदा जति राम्राे सुनिन्थ्याे अाज सायद १0 बर्षपछि छाेएर हाेला ! अाैला चाल्दा पनि कामेकाे थियाे ।
तेतिकैमा सम्झना अायाे , २०५२ साल मङ्सिर २८ गतेकाे वितेकाे संस्मरण ! सारंगीलाई खाेलमा राखेर झाेलाभित्र हालि कुममा झाेला बाेकेकाे थिए । राेल्पा जिल्ला सुलिचाैर पारिपट्टि रुनिवाङ भन्ने स्थानमा ६,७ जना पुलिसहरु उग्रवादीहरु पहिचान गर्ने भनेर डिउति बसेका रहेछन् । म सरासर उनीहरु बसेकाे हाेटेल पार गरेर ६,७ हात अगाडि बढिसकेकाे थिए । अचानक एकजना पुलिसले बाेलायाे । बाेलाएकाे हाेटेलमा गए । ती गुरुपहरुलाई हवल्दारकाे कमाण्डिङमा डिउटीमा खटाएकाे रहेछ । जादासाइत सर नमस्कार भने । नमस्कार फर्काए हवल्दार साहेबले । मसंग सबै थर ठेगाना, कहाँ के पेसा गरेकाे हाे ! राजनीतिमा लागेकाे हाे या हाेईन , यी यावत् कुराेहरु साेधिसकेपछि सारंगी किन बाेकेकाे त भन्ने प्रश्न अायाे । अाजकलभाेलि सारंगी त कम्युनिष्ट उग्रवादीले मात्र बाेकेकाे देख्छु कि त गाइनले बाेक्छ भन्याे ! म भित्रभित्रै डरायता पनि निडरजस्ताे भएर जवाफ दिए दिए ।” हैन सर मेराे सानै देखि यसैमा चासाे बस्याे, छाेड्न सकिन । अफिसकाे समयबेगर साथीहरुसंग बसेर दिन काट्ने मेसाे हुन्छ भनेर ल्याएकाे भने ।
फेरि हवल्दार साहेबले प्रश्न तेर्छाइ हाले । कहाँ पढेकाे भनेर ! मैले जवाफ दिए, रातामाटा हाईस्कुमा ! फेरि प्रश्न साेधे, त्यसाे भए लुङकाे विरबहादुर मास्टरलाई चिन्छाैं भने ! मैले मेराे अग्रेजी पढाउने गुरु हुन् भने ।
याे कुरा सुनेपछि हवलेदार साहेबले भने-“त्याे मान्छेले त पढाउदै पनि गर्ने, विद्दार्थीहरुलाई कम्युनिष्ट राजनीति पनि सिकाउछ रे हाे ! खै मैले त थाहा पाएन सर भने । फेरि हवल्दारले हुकुम जाहेर गरे , लाै त सारंगीमा एउटा गीत सुनाऊँ त ! कम्युनिष्ट भएकाे र नभएकाे गीतबाट थाहा हुन्छ । हवल्दार साहेबले त्यति हिन्ट दिदादिदै झण्डै मैले माथि उल्लेखित “सबै ठुला उस्तै हुन, हाम्रा लागि मरेका , निर्धा दु:खी गरिबलाई झुठ्ठा मुद्दा लाउने गरेका” । गीतकाे बाेल गाइसकेकाे ! झ्ल्यास सम्झना अायाे, याे त साचिकै कम्युनिष्टहरुले गाउने गीत पाे त भनेर गाएन । किनभने थुप्रै मञ्चहरुमा याे गीत गाइसकेकाे हुँदा मुखाअाखर पनि गियाे र सारंगीकाे साथमा धाराप्रवाह रुपमा जान्थ्याे ।
यति साेचेर गीतलाई अन्तै दिसातर्फ माेडे । बैसपनमा मेरी जीवनसंगिनीसंग मेलापात, रामरसमा गाएकाे गीतकाे सम्झना अायाे । जुन गीतमा दाेहाेरीमा घम्साघम्सी परेर स्वास्नी पनि ल्याए ! अाजकल उनैसंग दिनरात कल गर्दै सेवानिवृत जीवन विताइरहेकाे छु । बैंसमा त्यति अाैधि माया लाग्ने मान्छेलाई त अाजकलभाेलि कहिलेकाँहि त देख्दै रिस उठ्छ । सायद याे बुढेउलीपनकाे चिन्ह हाेला ! त्याे हवल्दारलाई मैले सारंगीकाे धुनमा मेरीसंग दाेहाेरी खेलेकाे गीत गाइदिएँ ।”रसु र साहिला र चाेया, चाेया मुनि साहिला बसेर लाऊँ माया” । याे बाेलकाे गीत गाएपछि बल्ल हवल्दारलाई विश्वास भएछ, याे कम्युनिष्ट हाेईन भनेर । मेराे बारेमा यति रिसर्च गरिसकेपछि हवल्दारले अाफ्ना केटाहरुसंग गर्व गर्दै भन्याे-“हेर केटा हाे कम्युनिष्ट उग्रवादी भएकाे नभएकाे यसरी पत्ता लगाउँनु पर्छ, तिमीहरु भएकाे भए सारंगी बाेक्दैमा उग्रवादी हुन्छ भनेर ईनिष्पेक्टरकाे अगाडि टकारिहाल्ने थियाैं, नाहकमा कर्मचारी भएकाे मान्छेले दु:ख पाउँने थिएनन् “! यसरी साेधपुछ गर्दा मलाई करिब डेढघण्टा जति हाेटेलमा राेक्याे र जाऊ भन्याे, रुनिबाङबाट रुकुमकाे लागि बाटाे तताए तर पुलिस प्रशासनकाे डर मानि-मानि । अहिले सम्झदा ती घटनाहरु केही नभए जस्ताे लाग्छ तर उसबेलाकाे समयमा सारंगी, हारमाेनियम बाेके र जनताका गीत गाए बाफत् पुरुस्कार स्वरुप सके मृत्यु नभए जेलकाे चिसाे काेठाकाे बाँस हुन्थ्याे । लाेकतन्त्र अाएपछि जनताले खान लाउन र महंगीकाे मार भाेगे पनि कमसेकम हातमा लेखन कला भएकाे , बक्तृत्व कला भएकाेलाई मनकाे व्यथा पाेख्ने केही छुट त छ त !

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...