लिला पुन
२०७५ साल भदाै महिना १३ गते रातकाे ३ बजे उठे । मेराे निम्ति ईतिहास बनेका विगतका दिनहरुकाे सम्झना अायाे । सुत्ने बेडबाट भइमा नजर लगाए, बैसपनकाे बेला बजाएकाे हारमाेनियम र सारंगीमा अाँखा गयाे । एकछिन् साेरठी गीतकाे भाकामा हारमाेनियम बजाए । फेरि सारंगीतिर नजर लगाए, हातमा सारंगी लिए, एक टकले हेरिरहे । हेर्दा सारंगी भित्री भागभरी मकेराकाे जालाे पाए, जालाे पुछपाछ पपारे । सारंगीकाे ताती र धनुमा खाेटाे लगाए ! अनि बैसपनकाे बेला हालकाे पूर्वी रुकुमकाे सेराखेत चाैपारीमा सानिभेरी पारी पाेखरा सांस्कृतिक कार्यक्रममा जादा बसेर गाएकाे गीतकाे सम्झना अायाे-“सबै ठुला उस्तै हुन, हाम्रा लागि मरेका, गाउँका निर्धा दु:खीलाई झुठ्ठा मुद्दा लाउने गरेका” । यही बाेलकाे गीतमा गीत गाए , सारंगी बजाएर तर दु:खकाे कुरा सारंगीका तातीहरुमा हातका अाैलाले साथ नदिएर हाेला, उसबेला मञ्चमा गाउदा जति राम्राे सुनिन्थ्याे अाज सायद १0 बर्षपछि छाेएर हाेला ! अाैला चाल्दा पनि कामेकाे थियाे ।
तेतिकैमा सम्झना अायाे , २०५२ साल मङ्सिर २८ गतेकाे वितेकाे संस्मरण ! सारंगीलाई खाेलमा राखेर झाेलाभित्र हालि कुममा झाेला बाेकेकाे थिए । राेल्पा जिल्ला सुलिचाैर पारिपट्टि रुनिवाङ भन्ने स्थानमा ६,७ जना पुलिसहरु उग्रवादीहरु पहिचान गर्ने भनेर डिउति बसेका रहेछन् । म सरासर उनीहरु बसेकाे हाेटेल पार गरेर ६,७ हात अगाडि बढिसकेकाे थिए । अचानक एकजना पुलिसले बाेलायाे । बाेलाएकाे हाेटेलमा गए । ती गुरुपहरुलाई हवल्दारकाे कमाण्डिङमा डिउटीमा खटाएकाे रहेछ । जादासाइत सर नमस्कार भने । नमस्कार फर्काए हवल्दार साहेबले । मसंग सबै थर ठेगाना, कहाँ के पेसा गरेकाे हाे ! राजनीतिमा लागेकाे हाे या हाेईन , यी यावत् कुराेहरु साेधिसकेपछि सारंगी किन बाेकेकाे त भन्ने प्रश्न अायाे । अाजकलभाेलि सारंगी त कम्युनिष्ट उग्रवादीले मात्र बाेकेकाे देख्छु कि त गाइनले बाेक्छ भन्याे ! म भित्रभित्रै डरायता पनि निडरजस्ताे भएर जवाफ दिए दिए ।” हैन सर मेराे सानै देखि यसैमा चासाे बस्याे, छाेड्न सकिन । अफिसकाे समयबेगर साथीहरुसंग बसेर दिन काट्ने मेसाे हुन्छ भनेर ल्याएकाे भने ।
फेरि हवल्दार साहेबले प्रश्न तेर्छाइ हाले । कहाँ पढेकाे भनेर ! मैले जवाफ दिए, रातामाटा हाईस्कुमा ! फेरि प्रश्न साेधे, त्यसाे भए लुङकाे विरबहादुर मास्टरलाई चिन्छाैं भने ! मैले मेराे अग्रेजी पढाउने गुरु हुन् भने ।
याे कुरा सुनेपछि हवलेदार साहेबले भने-“त्याे मान्छेले त पढाउदै पनि गर्ने, विद्दार्थीहरुलाई कम्युनिष्ट राजनीति पनि सिकाउछ रे हाे ! खै मैले त थाहा पाएन सर भने । फेरि हवल्दारले हुकुम जाहेर गरे , लाै त सारंगीमा एउटा गीत सुनाऊँ त ! कम्युनिष्ट भएकाे र नभएकाे गीतबाट थाहा हुन्छ । हवल्दार साहेबले त्यति हिन्ट दिदादिदै झण्डै मैले माथि उल्लेखित “सबै ठुला उस्तै हुन, हाम्रा लागि मरेका , निर्धा दु:खी गरिबलाई झुठ्ठा मुद्दा लाउने गरेका” । गीतकाे बाेल गाइसकेकाे ! झ्ल्यास सम्झना अायाे, याे त साचिकै कम्युनिष्टहरुले गाउने गीत पाे त भनेर गाएन । किनभने थुप्रै मञ्चहरुमा याे गीत गाइसकेकाे हुँदा मुखाअाखर पनि गियाे र सारंगीकाे साथमा धाराप्रवाह रुपमा जान्थ्याे ।
यति साेचेर गीतलाई अन्तै दिसातर्फ माेडे । बैसपनमा मेरी जीवनसंगिनीसंग मेलापात, रामरसमा गाएकाे गीतकाे सम्झना अायाे । जुन गीतमा दाेहाेरीमा घम्साघम्सी परेर स्वास्नी पनि ल्याए ! अाजकल उनैसंग दिनरात कल गर्दै सेवानिवृत जीवन विताइरहेकाे छु । बैंसमा त्यति अाैधि माया लाग्ने मान्छेलाई त अाजकलभाेलि कहिलेकाँहि त देख्दै रिस उठ्छ । सायद याे बुढेउलीपनकाे चिन्ह हाेला ! त्याे हवल्दारलाई मैले सारंगीकाे धुनमा मेरीसंग दाेहाेरी खेलेकाे गीत गाइदिएँ ।”रसु र साहिला र चाेया, चाेया मुनि साहिला बसेर लाऊँ माया” । याे बाेलकाे गीत गाएपछि बल्ल हवल्दारलाई विश्वास भएछ, याे कम्युनिष्ट हाेईन भनेर । मेराे बारेमा यति रिसर्च गरिसकेपछि हवल्दारले अाफ्ना केटाहरुसंग गर्व गर्दै भन्याे-“हेर केटा हाे कम्युनिष्ट उग्रवादी भएकाे नभएकाे यसरी पत्ता लगाउँनु पर्छ, तिमीहरु भएकाे भए सारंगी बाेक्दैमा उग्रवादी हुन्छ भनेर ईनिष्पेक्टरकाे अगाडि टकारिहाल्ने थियाैं, नाहकमा कर्मचारी भएकाे मान्छेले दु:ख पाउँने थिएनन् “! यसरी साेधपुछ गर्दा मलाई करिब डेढघण्टा जति हाेटेलमा राेक्याे र जाऊ भन्याे, रुनिबाङबाट रुकुमकाे लागि बाटाे तताए तर पुलिस प्रशासनकाे डर मानि-मानि । अहिले सम्झदा ती घटनाहरु केही नभए जस्ताे लाग्छ तर उसबेलाकाे समयमा सारंगी, हारमाेनियम बाेके र जनताका गीत गाए बाफत् पुरुस्कार स्वरुप सके मृत्यु नभए जेलकाे चिसाे काेठाकाे बाँस हुन्थ्याे । लाेकतन्त्र अाएपछि जनताले खान लाउन र महंगीकाे मार भाेगे पनि कमसेकम हातमा लेखन कला भएकाे , बक्तृत्व कला भएकाेलाई मनकाे व्यथा पाेख्ने केही छुट त छ त !