News Portal

रेडियो सुन्नुहोस्

नवौ राष्ट्रिय खेलकुदका लागि प्यूठानबाट ८ विधामा खेलाडी छनौट

झुलेनी पोष्ट २०७९ भदौ, १९ प्यूठान
११७८ पटक
२०७९ भदौ, १९ प्यूठान

आगामी असोज २८ गते देखी कार्तिक ३ गते सम्म पोखरामा संचालन हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता लागि प्यूठानबाट ८ वटा विधामा खेलाडी छनौट गरिएको छ ।

जसअन्तर्गत भलिबल खेलतर्फ महिला, पुरुष १२ /१२ जना खेलाडी, कपर्डि प्रतियोगितातर्फ महिला, पुरुष १०/१० जना, फुटबल प्रतियोगितातर्फ पुरुष १४ जना, क्रिकेट प्रतियोगितातर्फ १५ जना, ब्याडमिन्टन प्रतियोगितातर्फ ३ जना पुरुष खेलाडी, एथलेटिक्थस खेलतर्फ महिला, पुरुष खेलाडीहरु १० जना, कराते प्रतियोगितातर्फ महिला, पुरुष ४/४ जना खेलाडी, टाईगन टु खेलतर्फ महिला, पुरुष ४/४ जना खेलाडी छनौट गरिएको जिल्ला खेलकुद विकास समिती प्यूठानका उपाध्यक्ष विमल प्रसाद पोख्रेलले जनाकारी दिए ।

उनका अनुसार ८ वटा विधामा जिल्लाका नौ वटै स्थानीय तहका १सय२ जना खेलाडीहरु छनौट गरिएको छ । यस्तै वैकल्पीक तर्फ ८ वटै विधाका लागि २/२ जना खेलाडीहरु छनौट गरिएको छ ।

अबको एक हप्ता सम्म खेल संचालन गरि छनौट गरिएका खेलाडीहरु मध्येबाट पनि उत्कृष्ट खेलाडी छनौट गर्ने उपाध्यक्ष पोख्रेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...