News Portal

रेडियो सुन्नुहोस्

युट्युबको भिडियोबाट प्रभावित भई अमेरिकाबाट विक्रम गिरिले प्यूठानको एक विद्यालयका बालबालिकाहरुलाई गरे सहयोग

सुजता थापा क्षेत्री (भण्डारी)२०७९ भाद्र २३, प्यूठान
११४० पटक
२०७९ भाद्र २३, प्यूठान

युट्युबको भिडियोबाट प्रभावित भई अमेरिकाबाट विक्रम गिरिले प्यूठानको एक विद्यालयको बालबालिकाहरुलाई सहयोग गरेका छन ।

नौवहिनी गाउँपालिकामा वडा नं ७ बास्कोटका भाइरल भएका १२ वटि दिदिबहिनिहरुले अभिनय गरेको भिडियो युट्युब, टिकटक लगायत सामाजिक सञ्जालमा देखेपछी उनिहरुले पढ्ने विद्यालयका बालबालिकालाई अमेरिकामा बस्दै आएका विक्रम गिरिले ३० हजार रुपैयाँ बराबरको विद्यालय सामाग्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बास्कोटका विद्यार्थीहरुलाई वितरण गरेका हुन । सो विद्यालयमा १ सय २४ जना विद्यार्थी छन् ।

विपन्न, अनाथ तथा अपांग बालबालिकाको आधारमा विद्यार्थीहरु मध्ये ५ जनालाई विद्यालय पोसाक, ५ जनालाई झोला, विद्यालयका सबै जना बालबालिकालाई स्टेसनरी सामाग्री वितरण गरेका छन । ती १२ बहिनिमध्ये प्रत्येक बहिनिले क्रमश २०४५ सालदेखी सो विद्यालय बास्कोटमा हालसम्म अध्ययन गर्दै आएका छन । ती १२ बहिनिका बाबु सुमन्त सापकोटालाई सो विद्यालयले उक्त कार्यक्रममा ३४ वर्ष देखि लगातार छोरीहरुलाई त्यस विद्यालयमा पढाएको भन्दै सम्मान समेत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज सापकोटाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...