प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । गएराती करिब ११ बजे उतीसको रुखमा रहेको अरिङगालको गोलो पोल्नेक्रममा गांैमुखी ५ सुन्दरमेलाका ३५ वर्षीय कृष्णबहादुर थापाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए । अरिङगाले टोकेर थापा रुखबाट लडेका थिए । थापाको उपचारकोक्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।
घाइते सर्वोजित थापा, खगेश्वर गिरी, राम गिरी, पदम गिरी र दिपक गिरीको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।आगोको मुस्लो अरिङगालको गोलोमा सल्लाउदा बित्तीकै अरिङगालले टोक्न सुरु गरेको घाइते सर्वोजित थापाले बताए । प्यूठानमा बर्खाको समयमा अरिङगालले टोकेर मृत्यु,घाइते हुने दर्जनौ घटना घट्ने गरेको प्रहरीको भनाइ छ ।
प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते
झुलेनी नेटवर्क २०७९ असाेज ९
२०७९ असाेज ९भिरबाट लडेर ढाड भाँचिएपछि उपचारमा समस्या
भिरबाट लडेर कार्यालय सहयोगिको ढाड भाँचिएपछि उपचारका लागि विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा चन्दा संकलन थालिएको छ...
फोनिज प्यूठानको अधिवेशन शनिवार हुने
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अधिवेशन आगामी शनिवार हुने भएको छ । आदिवासी...
प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक अन्तरक्रिया जुम्रीमा
प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम प्युठान नगरपालिका वडा नं ४...
राष्ट्रिय युवा सङ्घ नेपाल मल्लरानीको अधिवेशन सम्पन्न
राष्ट्रिय युवा सङ्घ नेपाल मल्लरानी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बिहीबार चुजाठाटिमा सम्पन्न...
आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकामा अन्तरक्रिया
आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकाले सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाको आयोजना,...
- रोल्पामा बोलेरो दुर्घटना, एकजनाकाे निधन
- युवा सङ्घ नौबहिनीको नेतृत्वमा युवराज चयन
- ५ देशका राजदूतले लिए शपथ
- समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण: अधिकारी
- आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकामा अन्तरक्रिया
- खानेपानी मन्त्री थापाको बाग्दुला मच्छि पैदलयात्रा सम्पन्न
- एमाले मल्लरानीको प्रथम बैठक सम्पन्न
- जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न
- सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति पुन, माओवादी केन्द्रीय समिति बैठकमा सहभागी
- महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’