News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

झुलेनी नेटवर्क २०७९ असाेज ९
१०१५ पटक
२०७९ असाेज ९

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । गएराती करिब ११ बजे उतीसको रुखमा रहेको अरिङगालको गोलो पोल्नेक्रममा गांैमुखी ५ सुन्दरमेलाका ३५ वर्षीय   कृष्णबहादुर थापाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए । अरिङगाले टोकेर थापा रुखबाट लडेका थिए । थापाको उपचारकोक्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।
घाइते सर्वोजित थापा, खगेश्वर गिरी, राम गिरी, पदम गिरी र दिपक गिरीको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।आगोको मुस्लो अरिङगालको गोलोमा सल्लाउदा बित्तीकै अरिङगालले टोक्न सुरु गरेको घाइते सर्वोजित थापाले बताए । प्यूठानमा   बर्खाको समयमा अरिङगालले टोकेर मृत्यु,घाइते हुने दर्जनौ घटना घट्ने गरेको प्रहरीको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...