News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

झुलेनी नेटवर्क २०७९ असाेज ९
८०९ पटक
२०७९ असाेज ९

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । गएराती करिब ११ बजे उतीसको रुखमा रहेको अरिङगालको गोलो पोल्नेक्रममा गांैमुखी ५ सुन्दरमेलाका ३५ वर्षीय   कृष्णबहादुर थापाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए । अरिङगाले टोकेर थापा रुखबाट लडेका थिए । थापाको उपचारकोक्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।
घाइते सर्वोजित थापा, खगेश्वर गिरी, राम गिरी, पदम गिरी र दिपक गिरीको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।आगोको मुस्लो अरिङगालको गोलोमा सल्लाउदा बित्तीकै अरिङगालले टोक्न सुरु गरेको घाइते सर्वोजित थापाले बताए । प्यूठानमा   बर्खाको समयमा अरिङगालले टोकेर मृत्यु,घाइते हुने दर्जनौ घटना घट्ने गरेको प्रहरीको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...