News Portal

रेडियो सुन्नुहोस्

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

झुलेनी नेटवर्क२०७९ असाेज ११
१११७ पटक
२०७९ असाेज ११

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय, प्रदेश र स्थानीय तहरुले पदमार्ग निर्माणमा बजेट बिनियोजन गरेर सक्रियता नदेखाउदा पदमार्ग अलपत्र परेको हो । जिल्लामा पहिलो पटक पर्यटकीय पदमार्ग निर्माणको काम थालिएको थियो ।
नेपाल पर्यटन बोर्ड मार्फत २०७३ सालमा २५ लाख रुपैया बजेट आएपछि ढा“ड–दहिहाल्ना–बाग्लीबाङ–झा“क्रीढुंगा–नाङ्गी–बाइसमूल झरना–ठूलाचौर–गौमुखी जोड्ने पदमार्ग निर्माण थालिएको थियो । पदमार्गले जिल्लाको उत्तरपूर्वमा पर्ने पिछडिएको क्षेत्रलाई आन्तरिक पदयात्रा मार्गमा जोड्ने अपेक्षा गरिएको थियो ।

 

ढाडबाट स्नाथान, मुर्चुल र लाँलीगुरास रंगशाला हेरेर दहीहाल्नाबाट डा“डैडाड हिमालहेर्दै पूजा–डाडा“कटेरी हु“दै दलित होमस्टे बाग्लीबाङ,पूजा तामाखानी,रजबारा कालेपुनको घा“टी, झा“क्रीढुंगा तिखाचुली लेकको भेडीगोट, तिखाचुली, ठूलो नाङ्गी,सानो नाङगी,गरुजुरे, अर्खा पोखरा, बाइसमूलहु“दै गौमुुखी भएर अर्खा ठूलाचौर मगर होमस्टेमा पुग्न करिव एक हप्ताको प्याकेजमा यात्रा गर्न सकिने पदमार्ग बनेको थियो ।
सानो ठूलो नाङगीबाट देख्न सकिने माछापुच्छ«े, धौलागिरी हिमाल र बाग्लुङ ढोरपाटन क्षेत्रका पाखा पखेरा, प्यूठान स्याउलीबाङ र बाग्लुङ बोहोरागाउ सिमाना रहेको (सम्भवतः नेपालकै ठूलो घोडेढुंगा),गाइको मुखबाट ह्वालह्वालती पानी निस्कने झिमरुक नदीको उद्गमस्थल गौमुखी, बाइसमूलको छहरा यहा“का विशेष आकर्षण छन् ।

पदमार्गले लुम्बिनी–स्वर्गद्वारी–मुक्तिनाथ सम्मिलित ‘कल्चरल ट्रयाङ्गल’स्थापना गर्ने उदेश्य राखेर पदमार्ग निर्माणमा बजेटको लागि पहल गरेको एमाले पोलिटब्यूरो सदस्य एवंम एमालेका पूर्व पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले बताए । ‘नेपालको पर्यटन अहिले सम्म मूलतः काठमाडौं–पोखरा–सौराहा, जसलाई ‘गोल्डेन ट्रयाङ्गल’ भन्ने गरिन्छ, यसकै प्रवद्र्धनमा धानिएको छ,’ उनले भने,‘पश्चिम नेपालमा खासगरी लुम्बिनी–स्वर्गद्धारी–मुक्तिनाथलाई केन्द्रित गरेर वैकल्पिक ‘ट्रयाङ्गल’ निर्माण गर्नु पर्छ ।’

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...