News Portal

रेडियो सुन्नुहोस्

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

झुलेनी नेटवर्क२०७९ असाेज ११
१२११ पटक
२०७९ असाेज ११

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय, प्रदेश र स्थानीय तहरुले पदमार्ग निर्माणमा बजेट बिनियोजन गरेर सक्रियता नदेखाउदा पदमार्ग अलपत्र परेको हो । जिल्लामा पहिलो पटक पर्यटकीय पदमार्ग निर्माणको काम थालिएको थियो ।
नेपाल पर्यटन बोर्ड मार्फत २०७३ सालमा २५ लाख रुपैया बजेट आएपछि ढा“ड–दहिहाल्ना–बाग्लीबाङ–झा“क्रीढुंगा–नाङ्गी–बाइसमूल झरना–ठूलाचौर–गौमुखी जोड्ने पदमार्ग निर्माण थालिएको थियो । पदमार्गले जिल्लाको उत्तरपूर्वमा पर्ने पिछडिएको क्षेत्रलाई आन्तरिक पदयात्रा मार्गमा जोड्ने अपेक्षा गरिएको थियो ।

 

ढाडबाट स्नाथान, मुर्चुल र लाँलीगुरास रंगशाला हेरेर दहीहाल्नाबाट डा“डैडाड हिमालहेर्दै पूजा–डाडा“कटेरी हु“दै दलित होमस्टे बाग्लीबाङ,पूजा तामाखानी,रजबारा कालेपुनको घा“टी, झा“क्रीढुंगा तिखाचुली लेकको भेडीगोट, तिखाचुली, ठूलो नाङ्गी,सानो नाङगी,गरुजुरे, अर्खा पोखरा, बाइसमूलहु“दै गौमुुखी भएर अर्खा ठूलाचौर मगर होमस्टेमा पुग्न करिव एक हप्ताको प्याकेजमा यात्रा गर्न सकिने पदमार्ग बनेको थियो ।
सानो ठूलो नाङगीबाट देख्न सकिने माछापुच्छ«े, धौलागिरी हिमाल र बाग्लुङ ढोरपाटन क्षेत्रका पाखा पखेरा, प्यूठान स्याउलीबाङ र बाग्लुङ बोहोरागाउ सिमाना रहेको (सम्भवतः नेपालकै ठूलो घोडेढुंगा),गाइको मुखबाट ह्वालह्वालती पानी निस्कने झिमरुक नदीको उद्गमस्थल गौमुखी, बाइसमूलको छहरा यहा“का विशेष आकर्षण छन् ।

पदमार्गले लुम्बिनी–स्वर्गद्वारी–मुक्तिनाथ सम्मिलित ‘कल्चरल ट्रयाङ्गल’स्थापना गर्ने उदेश्य राखेर पदमार्ग निर्माणमा बजेटको लागि पहल गरेको एमाले पोलिटब्यूरो सदस्य एवंम एमालेका पूर्व पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले बताए । ‘नेपालको पर्यटन अहिले सम्म मूलतः काठमाडौं–पोखरा–सौराहा, जसलाई ‘गोल्डेन ट्रयाङ्गल’ भन्ने गरिन्छ, यसकै प्रवद्र्धनमा धानिएको छ,’ उनले भने,‘पश्चिम नेपालमा खासगरी लुम्बिनी–स्वर्गद्धारी–मुक्तिनाथलाई केन्द्रित गरेर वैकल्पिक ‘ट्रयाङ्गल’ निर्माण गर्नु पर्छ ।’

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...