News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीमा खोलाले बगाउँदा बालक बेपत्ता

झुलेनी नेटवर्क२०७९ असाेज २०
६५८ पटक
२०७९ असाेज २०

ऐरावतीमा खोलाले बगाउॅदा एक जना बालक बेपत्ता भएका छन् । ऐरावती गाउँपालिका ५ स्थित जाडिखोलाले बगाउँदा स्थानीय ५ वर्षीय शुशन केसी बेपत्ता भएका हुन् । बुवा विष्णुबहादुर केसीसंग हिजो दसैंका दिन खोला तर्नेक्रममा बालकलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
ऐरावती ५ झिबाङ निवासी केसीलाई हर्नाघाटनबाट घर फर्कनेक्रममा खोलाले बगाएको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णु खड्काले जानकारी दिए । अस्ति रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको मुख्य प्रवेशद्धार भालुबाङ-प्यूठान सडक अवरुद्ध छ । सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
जिल्लाका भित्री सडकहरु बाग्दुला-मच्छि, बाग्दुला-बहाने, खलंगा- चुजाठाटी लगायत सडकहरु समेत अबरुद्ध छन् । स्थानीय सरकारसंग समन्वय गरेर सडक खुलाउने प्रयास भैरहेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन । माडी, झिमरुक, जुम्री लगायत नदि तथा खोलामा पानीको बहाब निकै बढेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...