News Portal

रेडियो सुन्नुहोस्

भौका सडक कहिले होला सुधार ?

झुलेनी नेटवर्क२०७९ मंसिर २१
८७६ पटक
२०७९ मंसिर २१

प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु हिलो,धुलो, र चिप्लोले सधै हैरान छन । मुख्य सडक जाम हुँदा बैकल्पिक सडककोरुपमा प्रयोग हुने सडक सुधारमा स्थानीय सरकार,सडक डिभिजन कार्यालय र सडक पूर्वाधार कार्यालयको नजर पुगेको छ । संघन सहरी तथा भवन निर्माण आयोजना र भवन कार्यालय दाङले समेत यो मुख्य बजारको सडक सुधारमा ध्यान दिन सकेका छैनन् ।

जिल्लाको पुरानो व्यापारी केन्द्र, बिजुवारको पुरानो सडक निर्माण गर्ने भन्दै सरोकारवाला निकायले पटक–पटक आएर नापनक्सा गरेपनि बजेट विनियोजन गरेर सडक सुधार गर्नतर्फ कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ । भौकाको पिपल रुखदेखि ओरालो क्षेत्र निकै अफ्ठ्यारो छ । साना गाडिहरु गुड्न निकै समस्या भइरहन्छ । दर्जनौ मोटरसाइकल सवार यात्रु लडेका छन् । टारी क्षेत्रका घरहरुको नालीबाट आउने पानीको भल सडकमा यत्रतत्र बग्दा सडक दिन प्रतिदिन जिर्ण भैरहेको छ । भौका देखि झिँमरुक खोला झोलुंगे पुलसम्म सडक कालोपत्रे गर्ने भनेर नापनक्सा भएरपनि काम नभएको स्थानीय शुशिल कर्मचार्यले गुनासो गरे । प्यूठान नगरपालिकाको मुख्य प्रशासनीक केन्द्र रहेको वडा क्षेत्र सबैको नजर पुग्ने सडकको हालतप्रति नगरपालिकाले मर्मत गर्न पहल थालेको छैन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...