News Portal

रेडियो सुन्नुहोस्

पहिलो दिन झन्डै पाँच सयले दिए नाम दर्ता

बिबश घर्ति मगर ०९ पौष ०७९
४४६ पटक
०९ पौष ०७९

झिमरुक गाउँपालिका प्यूठानले आजदेखी भोलिसम्म दुुई दिन निशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । स्वास्थ्य निर्देशनालय बुटवल रुपन्देहीको आयोजना तथा झिमरुक गाउँपालिकाको सहयोग तथा समन्वयमा पौष ९ देखी १० गतेसम्म गौमुखी क्याम्पस मच्छिमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको हो । गाउँपालिकाले शिविरमा नाक, कान,घाटी विशेषज्ञ सेवा, स्त्री रोग सम्बन्धि सेवा, छाला रोग सम्बन्धि सेवा, जनलर रोग (फिजिसियन) का साथै अन्य रोगहरुको पनि सेवा दिन लागेको हो ।

पहिलो दिन मै ४८६ जनाले सेवा लिन नाम दर्ता हुन् । जसमा महिला तथा स्त्री रोग भएका ६६,ल्याब ६८, नाक,कान,घाटी सम्बन्धि १३८,सामान्य उपचार १२९, छाला ८५, गरि ४८६ जनाले सेवा लिएको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले दिए । ती मध्ये पाठेघर खसेका ६, तल्लो पेट दुख्ने ६० र सुगर भएका ६ रहेका छन् । साथै रोगिहरुको समस्या पहिचान गरेर आर्थिक रुपमा कमजोर भएकाहरुलाई पालिकाले सहयोग गर्ने बताएका हुन् ।

जिल्ला समन्वय समिती प्रमुख धरम बहादुर जि.सीले शिविरको उद्घाटन गर्दै गाउँपालिकाले गरेको यस्तो काम सर्हानिय भएको उल्लेख गरे । गाउँमै यस्तो सुविधा दिए स्थानीयले सहज रुपमा सेवा लिन पाउने भन्दै स्वास्थ्य जस्तो संवेदनशिल कामलाई अगाडी सारेका भन्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जि.सी ले धन्यवाद व्यक्त गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...