स्वर्गद्धारी नगरपालिका प्रमखु टेकप्रसाद भण्डारीले जेष्ठ नागरिकका लागि छिट्टै नै शिविर सञ्चालन गर्ने बताए । आज स्वर्गद्धारी नगरपालिका ३ नं वडाले गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताए । नगरपालिकाले जेष्ठ नागरिकको हक र हितका लागि सो शिविर सञ्चालन गर्ने बताएका हुन् ।
८९ महिला र पुरुष ८६ गरि कुल एक सय ७५ जनालाई सम्मान गरिएको वडा अध्यक्ष कृष्ण बहादुर रोकायले जानकारी दिए। ७४ बर्षभन्दा माथिका जेष्ठनागरिकलाई न्यानोको अनुभुती दिलाउन ब्ल्याङकेट र अन्य जेष्ठ नागरिकलाई शक्ति बढाउने सेवनप्रास दिइएको हो । वडा स्तरीय जेष्ठ नागरिक सञ्जालका अध्यक्ष बामदेव भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमखु अतिथि नगरपालिका प्रमुख टेक प्रसाद भण्डारी थिए ।