News Portal

रेडियो सुन्नुहोस्

चर्काे ब्याजदरको प्यूठानमा बिरोध

बिबश घर्ति मगर१५ पुष २०७९
८१३ पटक
१५ पुष २०७९

बैंक तथा बित्तिय संस्थाबाट भएको व्याजदर बृद्धि तथा नेपाल राष्ट्र बैंकद्धारा जारि चालु पुँजी कर्जा निर्देशिकाको बिरोध आज प्यूठानमा पनि गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको निर्देशन तथा प्यूठान उद्योग बाणिज्य सघंको आयोजना अनुसार सो कार्यक्रम प्यूठानको बिजुवार, बाग्दुला, जुम्रि, क्वाडि लगायतका स्थानमा गरिएको हो । सो बिरोध कार्यक्रम यहि पुष १५ देखी २२ गतेसम्म निरन्तर रहने भएको छ । राष्ट्र बैंकले जारी गरेको निर्देशिका र बैंकहरुले व्यवसायिहरु प्रति गरेको अव्यवहारीक नितिका बिरुद्ध बिरोध कार्यक्रम गरिएको हो ।

आज १५ गते प्रत्येक उद्योग बाणिज्य संघले सेतो कपडामा हस्ताक्षर गरि नेपाल सरकार र राष्ट्र बैंकमा बुझाउने हस्ताक्षर गरेको छ ।  त्यस्तै १७ गते उद्योग बाणिज्य संघले कालो पट्टि बाधेर बिरोध प्रदशन गर्ने, १८ गते सबै उद्योग बाणिज्य महासंघले जनप्रतिनिधि र सबै बैंकका प्रमुखहरु राखेर व्यवसायिक बाताबरण नभएसम्मका लागि व्यवसायिहरुलाई आतंकित नबनाउनको निम्ति छलफल गर्ने, १९ गते राष्ट्र बैंक तथा बैंक नभएको ठाउँमा जिल्ला प्रशासन अगाडी कालो पट्टि बाँधेर २ घण्टा धर्ना बस्ने र २० गते सबै प्रदेशका उद्योग बाणिज्य सघं सँग समन्वय गरेर काठमाण्डौँको कार्यक्रम तय गर्ने तथा २२ गते काठमाण्डौमा आन्दोलन गर्ने जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...