News Portal

रेडियो सुन्नुहोस्

चर्काे ब्याजदरको प्यूठानमा बिरोध

बिबश घर्ति मगर१५ पुष २०७९
६१० पटक
१५ पुष २०७९

बैंक तथा बित्तिय संस्थाबाट भएको व्याजदर बृद्धि तथा नेपाल राष्ट्र बैंकद्धारा जारि चालु पुँजी कर्जा निर्देशिकाको बिरोध आज प्यूठानमा पनि गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको निर्देशन तथा प्यूठान उद्योग बाणिज्य सघंको आयोजना अनुसार सो कार्यक्रम प्यूठानको बिजुवार, बाग्दुला, जुम्रि, क्वाडि लगायतका स्थानमा गरिएको हो । सो बिरोध कार्यक्रम यहि पुष १५ देखी २२ गतेसम्म निरन्तर रहने भएको छ । राष्ट्र बैंकले जारी गरेको निर्देशिका र बैंकहरुले व्यवसायिहरु प्रति गरेको अव्यवहारीक नितिका बिरुद्ध बिरोध कार्यक्रम गरिएको हो ।

आज १५ गते प्रत्येक उद्योग बाणिज्य संघले सेतो कपडामा हस्ताक्षर गरि नेपाल सरकार र राष्ट्र बैंकमा बुझाउने हस्ताक्षर गरेको छ ।  त्यस्तै १७ गते उद्योग बाणिज्य संघले कालो पट्टि बाधेर बिरोध प्रदशन गर्ने, १८ गते सबै उद्योग बाणिज्य महासंघले जनप्रतिनिधि र सबै बैंकका प्रमुखहरु राखेर व्यवसायिक बाताबरण नभएसम्मका लागि व्यवसायिहरुलाई आतंकित नबनाउनको निम्ति छलफल गर्ने, १९ गते राष्ट्र बैंक तथा बैंक नभएको ठाउँमा जिल्ला प्रशासन अगाडी कालो पट्टि बाँधेर २ घण्टा धर्ना बस्ने र २० गते सबै प्रदेशका उद्योग बाणिज्य सघं सँग समन्वय गरेर काठमाण्डौँको कार्यक्रम तय गर्ने तथा २२ गते काठमाण्डौमा आन्दोलन गर्ने जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...