News Portal

रेडियो सुन्नुहोस्

अपाङ्गगता सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम पुँजामा आजबाट संञ्चालन

झुलेनी पोष्ट१७ पुष २०७९
४४५ पटक
१७ पुष २०७९

गौमुखी गाउँपालिका ४ पुँजाको आयोजनामा अपाङ्गता सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम पुँजा वडा कार्यलयमा सञ्चालन भएको छ । वडाभित्र रहेका अपाङ्गता भएका व्यक्ति, उनको अभिभावक र जनप्रतिनिधिहरुको लागि तालिम सञ्चालन गरिएको वडा कार्यलयले जनाएको छ । राष्ट्रिय महासघं नेपाल लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के सीले कार्यक्रमको सहजिकरण गरेका थिए । तालिममा अपाङ्गता के हो, अपाङ्गताको प्रकार, अपाङ्गता भएका व्यक्तिको वर्तमान अवस्था, अपाङ्गता सम्बन्धि भएका कानुनी व्यवस्था र सेवा सुविधाको बारेमा सहजिकरण के सीले गरेका हुन् ।

तालिममा सहभागिहरुले अपाङ्गता व्यक्तिले पाउनु पर्ने सेवा सुविधा सहज रुपमा नपाएको गुनासो गरेका थिए । साथै यातायातमा छुट पाउने सुविधा भए पनि छुट नपाएको भन्दै सम्बन्धित निकाय समक्ष पहल गर्न अनुरोध गरेका थिए । वडा अध्यक्ष धनिराम वि.क को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चान कार्यलय सहायक ज्ञामुराम न्यौपानेले गरेका हुन् । कार्यक्रम भोलि सम्म सञ्चालन हुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...