News Portal

रेडियो सुन्नुहोस्

महेन्द्र मा.बि खलगांमा बिद्यालय चमेना गृह

बिबश घर्ति मगर१८ पुष २०७९
१०९६ पटक
१८ पुष २०७९

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले महेन्द्र मा.बि खलगां बिगतका दिनमा एउटा नमुना स्कुल भएको र फेरी पनि त्यसलाई नमुना बिद्यालय बनाउन आग्रह गरेका छन् । महेन्द्र मा.बि खलगांको चमेना गृहको उदघाटन गर्दै उनले यस्तो बताए । उनले आवश्यक परेको खण्डमा गाउँपालिका सधै सहयोमा तत्पर रहेको समेत बताएका छन् ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा मल्लरानी गाउँपालिका ४ का अध्यक्ष समेत रहेका कुमार श्रेष्ठले अध्ययन गर्नको लागि टाढाबाट आउने बिद्यार्थीहरुलाई खाजा र नास्ता कम मुल्यमा उपलब्ध गराउनको लागि चमेना गृह खोलिएको बताएका हुन् । त्यस्तै बिद्यालयका प्रधानाध्यापक पिताम्बर पौडेलले चमेना गृहको बारेमा आवश्यकता रहेको बताए । घरदेखी घण्टौ लगाएर बिद्यालय पढ्न आउने, अतिरिक्त कक्षा पढ्दा खाना खाने समय अभावका कारण बिद्यार्थीका लागि सहज होस भन्ने उद्देश्यले गृह खोलिएको बताका हुन् । बिद्यालयका कर्मचार तथा बिद्यार्थीहरु स्कुल बाहिर गएर बढि मात्रमा पैसा फजुल खर्च र महगों मुल्यमा नास्ताहरु खानुपर्ने बाध्यता रहेको हुँदा त्यसलाई मध्यनजर गर्दै चमेना गृह खुलाएको समते उनले बताउनुभयो । अब देखी बाहिर जान नपर्ने र सर्बसुलभ मुल्यमा आफ्नै गृहमा जङ्गफुडरहित खाना नास्ताको व्यवस्था रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...