News Portal

रेडियो सुन्नुहोस्

१५ दिने कुचो निर्माण कार्य सम्पन्न

बिबश घर्ति मगर१९ पुष २०७९
३७४ पटक
१९ पुष २०७९

स्वर्गद्धारी नगरपालिका ६ नं वडालाई उद्यम बिकासको रुपमा बिकास गर्न सकिने वडा अध्यक्ष गिर बहादुर गुरुङ्गले बताए । स्थानीय कच्चा पदार्थमा आधारित अम्रिसोबाट कुँचो निर्माण गर्ने कार्यक्रमको तालिममा उनले यस्तो बताए । घरेलु तथा साना उद्योग कार्यलयको आयोजनामा १५ दिने अम्रिसोबाट कुचो बनाउने तालिमको स्वर्गद्धारी नगरपालिका ६ सालावाङमा समापन भएको हो । समापन कार्यक्रममा बोल्दै कार्यलय प्रमुख सरोज भण्डारिले गाउँगाउँमा उद्यम खोल्नुपर्ने आवश्यकता रहेको बताए । तालिममा सहभागि भएकाहरुले अव उद्योग दर्ता गरेर सामुहिक रुपमा व्यवसाय संचालनमा ल्याउने समेत उनले बताए । ११ जना तालिममा सहभागि रहेका थिए । स्वर्गद्धारी नगरपालिका ६ नं वडा अध्यक्ष गिर बहादुर गुरुङको अध्यक्षता, घरेलु तथा साना उद्योग कार्यलय प्रमुख सरोज भण्डारीको प्रमुख अतिथि तथा कार्यक्रम सञ्चालन उद्यम बिकास सहजकर्ता सुनिता नेपाललीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी ३ को दुई गाउँमा घरघरै खानेपानीका धारा !

मल्लरानी गाउँपालिका ३ मुन्डाडाँका घरघरै पानीका धारा निर्माण भएका छन् । घरको आगनमै खानेपानीका धारा...

अनुपम अभियानको हस्ताक्षर कार्यक्रम प्यूठानमा

अन्तर पुस्ता महिलावादी मंच (टेवा)को अनुपम अभियान अन्तरगत हस्ताक्षेर संकलन कार्यक्रम प्यूठानमा सम्पन्न भएको छ...

करोडको बेसार प्रशोधन केन्द्र सञ्चालनमा आएन

जापान सरकारले १ करोड बढि लागतमा निर्माण गरेर प्यूठान नगरपालिकालाई हस्तान्तरण गरेको बेसार प्रशोधन केन्द्र...

बाग्दुला–मच्छि–ठुलावेशी सडक यौटै मापदण्डमा डिजाईन हुने

प्यूठानको बाग्दुला–मच्छि–ठुलावेशी सडक यौटै मापदण्डमा डिजाईन हुने भएको छ । शुक्रबार झिमरुक गाउँपालिकामा भएको तीन...

न्यायिक समितिका अधिकांस मुद्धाहरु मेलमिलापबाटै टुंगिन्छन्ः उपमेयर वर्मा

न्यायिक समितिमा आउने अधिकांस मुद्धाहरु मेलमिलाम मार्फत टुंगिने प्यूठान नगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक...