News Portal

रेडियो सुन्नुहोस्

क्रान्तिकारी पत्रकार संगठन नेपालको अध्यक्षमा डिल्लीराज रावत निर्वाचित

गोविन्द विश्वकर्मा असोज ११, काठमान्डौं ।
१०४७ पटक
असोज ११, काठमान्डौं ।

क्रान्तिकारी पत्रकार संगठन नेपालको अध्यक्षमा डिल्लीराज रावत चयन भएका छन । बुधबार राजधानीमा सम्पन्न केन्द्रिय समितिको प्रथम पुर्ण बैठकले रावतको अध्यक्षतामा पदाधिकारी समेत चयन गरेको छ ।
संगठनको उपाध्यक्षमा दिप बहादुर घर्ती र जन्मदेब जैसी, महासचिवमा बाबुराम भुषाल, सविचमा बैकुण्ठ गिरी, जीवन हमाल, उन्नती चौधरी, रुपेन्द्र ऐडी, राजेन्द्र अधिकारी, राज कपुर महर्जन, साहाश भट्ट, धनन्जय बुढा र कोषाध्यक्षमा तिलक अधिकारीलाई सर्वसम्मत चयन गरेको छ ।
प्रदेश संरचनालाई समेत समेट्ने गरी एक भन्दा बढी सचीव चयन गर्ने नीति अनुसार नगरकोट सम्मेलनले पास गरेको बिधान अनुसार नै सचिवहरु चयन गरिएको छ ।
गत बैशाख १५, १६, र १७ गते सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित ५१ सदस्यीय कार्यसमितिले आजबाट पूर्णता पाएको छ ।
सम्मेलनबाट पछि ३ थप्ने गरि भएका ४८ सदस्यीय समितिले केहि नयाँ सदस्य पनि थपेको छ ।
हेटौंडामा ३ बर्ष पहिला सम्पन्न सम्मेलन पनि आजकै दिन अर्थात २०७२ असोज ११ गते नै प्रभात चलाउनेको नेतृत्वमा पदाधिकारीसहितको केन्द्रिय समिती चयन गर्दै सम्पन्न भएको थियो ।
बैठकले संगठनका निबर्तमान कोषाध्यक्ष नवराज ढकाललाई कृष्णसेन ईच्छुक स्मृती पत्रकारीता पुरस्कार प्रदान गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...