News Portal

रेडियो सुन्नुहोस्

४० जना सहभागिहरुलाई विभिन्न ४ विधामा तालिम

बिबश घर्ति मगर२४ पुष २०७९
६८१ पटक
२४ पुष २०७९

गरिबि निवारणको लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत रहेर तालिम सञ्चालन गर्दै स्वरोजगार तथा उद्यमशिलता बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको नौबहिनी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले बताए । नौबहिनी गाउँपालिकाको आयोजना तथा उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालय लुम्बिनी प्रदेश सरकारको शसर्तअनुदानमा पुष १६ गते देखी २४ गते सम्म सञ्चालन भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागि भएकाहरुलाई व्यवसायी कसरी बनाउने र स्वरोजगार बनाइ आत्मनिर्भर बनाउने मुख्य उदेश्य सहित कार्यक्रम गरिएको अधिकृत पौडेलले बताए । एक हप्ते तालिम २४ गते नौबहिनी गाउँपालिका ४ खवाङमा सम्पन्न भएको छ । तालिममा ४० जना सहभागिहरुले विभिन्न ४ विधामा रहेर तालिम सिकेका थिए । कार्यक्रमबाट सिकेका कुराहरु व्यवहारमा लागु गर्दे जाने भन्दै सहभागिहरु खुसी भएका छन् ।

स्थानीय स्रोत साधनको प्रयोग गरि सदुपयोग गरौ, सीप सिकौ आम्दानीमा वृद्धि गरौ भन्ने नारालाई अगाडी सार्दै उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा सिलाईकटाई, डल बनाउने, बुट्टी बनाउने र सुटर बुन्ने लगायतका सिप सिकाइएको छ । आर्थिक बर्ष २०७९।०८० को लागि यस बर्ष नौबहिनी गाउँपालिका ३ र ४ मा सञ्चालन गरिएको छ भने ३ नं वडामा यो कार्यक्रमको लागि तयारी भएको समेत अधिकृत पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...