News Portal

रेडियो सुन्नुहोस्

४० जना सहभागिहरुलाई विभिन्न ४ विधामा तालिम

बिबश घर्ति मगर२४ पुष २०७९
८२१ पटक
२४ पुष २०७९

गरिबि निवारणको लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत रहेर तालिम सञ्चालन गर्दै स्वरोजगार तथा उद्यमशिलता बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको नौबहिनी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले बताए । नौबहिनी गाउँपालिकाको आयोजना तथा उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालय लुम्बिनी प्रदेश सरकारको शसर्तअनुदानमा पुष १६ गते देखी २४ गते सम्म सञ्चालन भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागि भएकाहरुलाई व्यवसायी कसरी बनाउने र स्वरोजगार बनाइ आत्मनिर्भर बनाउने मुख्य उदेश्य सहित कार्यक्रम गरिएको अधिकृत पौडेलले बताए । एक हप्ते तालिम २४ गते नौबहिनी गाउँपालिका ४ खवाङमा सम्पन्न भएको छ । तालिममा ४० जना सहभागिहरुले विभिन्न ४ विधामा रहेर तालिम सिकेका थिए । कार्यक्रमबाट सिकेका कुराहरु व्यवहारमा लागु गर्दे जाने भन्दै सहभागिहरु खुसी भएका छन् ।

स्थानीय स्रोत साधनको प्रयोग गरि सदुपयोग गरौ, सीप सिकौ आम्दानीमा वृद्धि गरौ भन्ने नारालाई अगाडी सार्दै उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा सिलाईकटाई, डल बनाउने, बुट्टी बनाउने र सुटर बुन्ने लगायतका सिप सिकाइएको छ । आर्थिक बर्ष २०७९।०८० को लागि यस बर्ष नौबहिनी गाउँपालिका ३ र ४ मा सञ्चालन गरिएको छ भने ३ नं वडामा यो कार्यक्रमको लागि तयारी भएको समेत अधिकृत पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...