News Portal

रेडियो सुन्नुहोस्

तीन लाख ५० हजारको अक्षयकोष

बिबश घर्ति मगर२४ पुस २०७९
८९० पटक
२४ पुस २०७९

प्यूठानको सबैभन्दा जेठो विद्यालय मुक्ति माध्यामिक विद्यालय रातामाटामा कुलप्रसाद÷ पार्वता भण्डारी स्मृति प्रतिष्ठान पुरस्कार अक्षयकोष स्थापना भएको १२ बर्ष भएको छ । प्यूठान नगरपालिका ४ टारीमा जन्मनु भएका प्रोफेसर डा. भेषराज भण्डारीले २०६७ साल देखी आफ्नो बुवा–आमाको सम्झनामा अक्षयकोष स्थापना गरेका थिए ।यो अक्षयकोषबाट विद्यालयमा जेहेन्दार विद्यार्थीलाइ पुरस्कार प्रदान गरिदै आइएको छ ।
हाल अष्ट्रेलियामा बस्दै आएका भण्डारीले आफूले अध्यान गरेको विद्यालयमा अक्षयकोष बनाएका हुन् । विगतका दिनमा ११ र १२ मा प्रथम हुने छात्र तथा छात्रा बिद्यार्थीहरुलाई १० हजार पुरस्कार दिदै आइएको थियो । सुरुमा २ लाख ५० हजारको अक्षयकोष सञ्चालन गरेका भण्डारीले पुनःएक लाख रुपैया थप गरि तीन लाख ५० हजारको अक्षयकोष बनाएका छन् । यो सगै पुरस्कारको राशी पनि बढ्ने छ । अक्षयकोष स्थापना गरेको भन्दै मुक्ति मा.वि रातामाटाले उनलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।

रातामाटा विद्यालयमा यस्ता धेरै पुरस्कारहरु अक्षयकोष मार्फत सञ्चालनमा रहेका छन् । आफूलाई उज्यालो भविष्य देखाउने विद्यालयको सम्झनामा हाल विभिन्न पेशा व्यवसाय सञ्चालन गरेकाहरुले विद्यालयको गरेको योगदानको सम्मान गर्दै विद्यालयका विभिन्न नाममा अक्षयकोष स्थापा गरेका छन् । यस्ता खालको सामाजिक अभियानको सीको जिल्लाको सबै क्षेत्रमा गर्न सक्ने हो भने हाम्रा दूर दराजका विद्यालयहरुको पनि केहि प्रगति हुनसक्थ्यो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...