News Portal

रेडियो सुन्नुहोस्

शिक्षा प्रणालिमा आमूल परिवर्तन निकाल्न शिक्षकहरुलाई निर्देशन-अध्यक्ष नमराज अधिकारी

झुलेनी पोष्ट२९ पुष २०७९
३९६ पटक
२९ पुष २०७९

माण्डवि गाउँपालिका प्युठानले विहिबार आधारभुत विद्यालय र माध्यमिक तहका गणित विषयमा अध्यापन गराउने शिक्षकहरु सङग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा गाउँ पालिका अध्यक्ष नमराज अधिकारी (रोषनले शिक्षामा लगानी अनुसार प्रतिफल निकाल्नु पर्ने बताएका छन् । साथै उनले सम्बन्धित विषयका शिक्षकहरुले आफ्नो विषयमा अत्याधिक सख्यामा विद्यार्थी सफलत गराउन त्यही अनुसारको अध्यापन गराउन आग्रह गरे । उनले बर्तमान शिक्षा प्रणालिमा आमूल परिवर्तन गरि शिक्षामा गरेको लगानी अनुसार प्रतिफल निकाल्न उपस्थित शिक्षकहरुलाई निर्देशन दिए । अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले शिक्षा क्षेत्रलाई सुधार्नको लागि शिक्षक, बिद्यार्थी र अभिवावक सबै जिम्मेवार हुन पर्ने बताएका थिए । यस्तै निमित्त प्रशासकीय प्रमुख बलराम पौडेलले उपस्थित शिक्षकलाइ शैक्षिक उपलब्धि हासिल गर्नु पर्ने र विद्यार्थीको भबिस्यप्रती गम्भीर हुनुपर्ने बताएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...