News Portal

रेडियो सुन्नुहोस्

ओठ तथा तालुफाटेका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिने

झुलेनी पोष्ट२०७९ पुस, २९
८८८ पटक
२०७९ पुस, २९

जन्मिदै ओठ तथा तालुफाटेका विरामीहरुको निःशुल्क अप्रेशन गरिने भएको छ । राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठान र वि एन वि हस्पीटल काठमाण्डौले संचालन गरेको चार दिने शिविरबाट छनौट भएका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिने भएको हो । गौमुखी गाउँपालिकाको लिवासे स्वास्थ्य चौकी, माण्डवी गाउँपालिकाको देविस्थान स्वास्थ्य चौकी, स्वर्गद्धारी नगरपािलकाको भिंग्री स्वास्थ्य चौकी र प्यूठान अस्पताल बिजुवारमा संचालित शिविरबाट १२ जना विरामीहरुले सेवा लिएका थिए ।
ती मध्येबाट ८ जना विरामीहरु छनौट गरिएको र उनीहरुको निःशुल्क शल्याक्रिया गरिने राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानका सचिव राजेन्द्र रावत क्षेत्रीले जानकारी दिए । शिविरमा वि एन वि हस्पीटल काठमाण्डौका विशेषज्ञ डा.माधव वानियाले विरामीहरुलाई सेवा तथा परामर्श दिएका छन् । पुस २६ गतेदेखी सुरुभएको शिविर शुक्रबार सम्पन्न भएको हो । आर्थिक रुपमा विपन्न तथा गरिब परिवारलाई लक्षित गरेर शिविर संचालन गरिएको राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...

प्यूठानको शिक्षा, सुगमका विद्यालयको नतिजा कमजोर

दरबन्दी र भौतिक पूर्वाधारमा बलिया रहेका विद्यालयको नतिजा कमजोर देखिएको छ । जिल्लाका सुगम मानिएका...