News Portal

रेडियो सुन्नुहोस्

ओठ तथा तालुफाटेका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिने

झुलेनी पोष्ट२०७९ पुस, २९
१३०३ पटक
२०७९ पुस, २९

जन्मिदै ओठ तथा तालुफाटेका विरामीहरुको निःशुल्क अप्रेशन गरिने भएको छ । राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठान र वि एन वि हस्पीटल काठमाण्डौले संचालन गरेको चार दिने शिविरबाट छनौट भएका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिने भएको हो । गौमुखी गाउँपालिकाको लिवासे स्वास्थ्य चौकी, माण्डवी गाउँपालिकाको देविस्थान स्वास्थ्य चौकी, स्वर्गद्धारी नगरपािलकाको भिंग्री स्वास्थ्य चौकी र प्यूठान अस्पताल बिजुवारमा संचालित शिविरबाट १२ जना विरामीहरुले सेवा लिएका थिए ।
ती मध्येबाट ८ जना विरामीहरु छनौट गरिएको र उनीहरुको निःशुल्क शल्याक्रिया गरिने राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानका सचिव राजेन्द्र रावत क्षेत्रीले जानकारी दिए । शिविरमा वि एन वि हस्पीटल काठमाण्डौका विशेषज्ञ डा.माधव वानियाले विरामीहरुलाई सेवा तथा परामर्श दिएका छन् । पुस २६ गतेदेखी सुरुभएको शिविर शुक्रबार सम्पन्न भएको हो । आर्थिक रुपमा विपन्न तथा गरिब परिवारलाई लक्षित गरेर शिविर संचालन गरिएको राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...