News Portal

रेडियो सुन्नुहोस्

नेपाल रेडक्रस सोसाइटी विजुवार उपशाखाको १८ औँ बार्षिक साधारण सम्पन्न

बिबश घर्ति मगर०७ माघ २०७९
१११२ पटक
०७ माघ २०७९

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति गुमानराज पुलामीले विजुवार उपशाखाले छोटो समयमै प्रगती गरेको भन्दै खुसी व्यक्त गरे । शनिबार नेपाल रेडक्रस सोसाइटी विजुवार उपशाखाको १८ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दे यो उपशाखाले थोरै समयमा राम्रो काम गरेको भन्दै आगामी दिनमा पनि यो शाखाले अझै थप प्रगती गर्ने पनि विश्वास लिएको बताए । उनले यहि माघ महिना भित्र जिल्ला शाखाको अधिवेशन हुने समेत जानकारी दिए ।


नगरप्रवक्ता सुमनराज श्रेष्ठले आगामी दिनहरुमा प्यूठान नगरपालिकै स्तरीय उपशाखा बनाउने बताउदै उपशाखाको लागि जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।


त्यस्तै विजुवार उपशाखा सभापति लोकमणी भण्डारीले निर्माणाधिन तीन तले अधुरो भवनको लागि पटकपटक गरि २० लाख रुपैया विनियोजन गरिदिएकोमा प्रदेश अर्थमन्त्री कृष्णध्वज खड्का लगायत वडा नं ४ कार्यालयलाई धन्यवाद समेत व्यक्त गरे । साथै उनले निर्माणाधिन भवनको कार्य ९० प्रतिशत सकिएको र त्यो चाँडै नै उद्घाटनको तयारीमा रहेको पनि जानकारी दिए ।

त्यस्तै उपशाखा उपसभापति राधादेवी के.सी ले उपस्थित सबैलाई स्वागत मन्तव्य सहित गरिमामय उपस्थितको लागि कृतज्ञता ज्ञापन गर्दै स्वागत गरेका थिए । कार्यक्रममा पुराना आजिवन सदस्य तथा जेष्ठ नागरिक जगन्नाथ रिजाल, सुलोचना सुवेदी, बिज्ञान बहादुर कर्माचार्य, डा.आनन्द कुमार श्रेष्ठलाई सम्मान गर्दे जिल्ला शाखा सभापति गुमानराज पुलामी, प्यूठान नगरपालिका नगरप्रवक्ता सुमनराज श्रेष्ठ तथा क्षेत्रविकास मा.वि लाई मायाको चिनो दिइएको थियो ।

साथै कार्यक्रममा सचिव तथा कोषाध्यक्षको प्रतिवेदन संसोधन सहित पारित गर्दै आगामी आर्थिक बर्षको लागि निति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

त्यस्तै शनिबार नै ऐरावती गाउँपालिकामा रहेको नेपाल रेडक्रस सोसाइटी ऐरावती उपशाखाको पनि दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । निवर्तमान सभापति रित बहादुर रानाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अथिति ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा ऐरावति गाउँपालिका उपाध्यक्ष श्रेष्ठले यो शाखा सम्बन्धित निकायसँग समन्वय गरेर जानुपर्ने आवश्यकता रहेको बताए । साथै उनले राम्रो र व्यवस्थित तरिकाले शाखामा लाग्न पनि अनुरोध गरे । हाल नयाँ सभापतिको रुपमा रहेका चन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा ११ जना नयाँ कार्यसमिति चयन गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...