News Portal

रेडियो सुन्नुहोस्

 बस्तीस्तरबाटै सामाजिक सुरक्षा भत्ता

झुलेनीपोष्ट२०७९ माघ १०
८०१ पटक
२०७९ माघ १०

प्यूठानमा बस्तीस्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । जिल्लाको माण्डवी गाउँपालिकामा वस्तीस्तरबाट भत्ता वितरण गर्न थालिएको हो ।
बृद्व, बृद्वा, अपाङ तथा असहाय व्यक्तिहरुले प्राप्त गर्र्दै आइरहेको भत्ता बैंक सम्म पुगेर लिन असहज भएको भन्दै गुनासो गरेपछि वस्तीस्तरबाट भत्ता वितरण गर्न थालिएको माण्डवी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष प्रकाश वलीले जानकारी दिए ।

उनले भने, “मर्कावाङबाट चकचके सम्म पुग्नका लागि करिब ४ घण्टा पैदल हिड्नुपर्छ बसमा चढेर बैंक सम्म जानुपर्यो भन्दा बृद्ध आमाबुवाले हामी सक्दैनौ भन्नुभयो त्यसैले उहाँहरुको समस्यालाई मध्यनजर गर्दै वस्तीस्तरबाट भत्ता वितरण गर्न थालेका हौ ।” भत्ता वितरण गरिने स्थानमा जान नसक्ने नागरिकलाई घरमै भत्ता पुर्याउन जाने गरेको समेत उनले बताए । स्तीस्तरबाट सामाजिक सुरक्षा भत्ता दिन थालेपछि स्थानीय खुशी भएका छन् । बैंक जान इच्छुक व्यक्ति बैंकमै गएर भत्ता लिन सक्नेछन् अधयक्ष वली भने, । गत वर्ष सम्म वडा कार्यालयबाट दिइने भत्ता सिभिल बैंक लिमिटेड चकचके शाखाबाट वितरण गरिदै आइएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...