News Portal

रेडियो सुन्नुहोस्

प्यूठान उद्योग वाणिज्य संघद्धारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

बिबश घर्ति मगर१० माघ २०७९
९५५ पटक
१० माघ २०७९

जिल्लामा पछिल्लो समय दैनिक चोरीका घटना बढ्न थालेको छ । पौष २५ गते देखीको सुरुवात भएको यो घटना हिजोआज झनै मौलाउदै गएको हो । जिल्लाको स्वर्गद्धारी नगरपालिकामा पौष २५ गते खड्केस्वरी सहकारी, उमामहेश्वरी मा.वि र ४ नं वडा सहित विभिन्न १७ घरमा चोरी तथा लुटपाट भएको थियो । अर्काे दिन भोलिपल्ट २६ गते गौमुखी गाउँपालिकाको गौमुखी मा.वि ठूलाबेसी सहित एक दर्जन घरहरु र झिमरुक गाउँपालिका ७ कुतामा पौष २७ गते राती चार घरमा चोरी भएको हो । त्यस्तै पौष २८ गते झिमरुक गाउँपालिका ४ चुँधारामा वडा अध्यक्ष सिताराम पोख्रेलको घर सहित अन्य १० घरमा राती नै चोरद्धारा लुटपाट भएको थियो । नौबहिनी गाउँपालिकाको ७ नं वडाका केही बिद्यालय र घरमा पनि तोडफोड भएको हो । हिजो राती झिमरुक गाउँपालिका ५ ओखरकोट ढाडमा पदम बहादुर खडकाको घरबाट समेत नगद सहित सुन लगायतका सामाग्री चोरी गरेको छ ।


चोरीका घटनाले स्थानीय बासीलाई त्रसित बनाएको छ । सोही अनुरुप जिल्लाका विभिन्न ठाउँहरुमा भएको शृङ्खलाबद्व चोरीका घटनाहरुको सूक्ष्म अनुसन्धान गरि दोषीलाइ कार्वाहीको दायरामा ल्याउन प्यूठान उद्योग वाणिज्य संघले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ । साथै सजकता अपनाउदै शन्कास्पद लागेमा सुरक्षा निकायलाइ खबर गर्न अनुरोध समेत गरेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यलय प्यूठानले एक सुचना जारी गर्दै गाउँमा रहेको स्थानीय क्लब लगायतका सामाजिक संघ संस्थाहरुमा आवद्ध यूवाहरुलाई परिचालन गरि सो सम्बन्धमा समुदाय स्तरमा सचेतना फैलाउन आग्रह गरेको हो । गाउँमा विभिन्न वहानामा अपरिचित व्यक्ति आएमा सोध खोज तथा शंका लागेमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराउन अनुरोध गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...