News Portal

रेडियो सुन्नुहोस्

प्यूठान उद्योग वाणिज्य संघद्धारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

बिबश घर्ति मगर१० माघ २०७९
७१४ पटक
१० माघ २०७९

जिल्लामा पछिल्लो समय दैनिक चोरीका घटना बढ्न थालेको छ । पौष २५ गते देखीको सुरुवात भएको यो घटना हिजोआज झनै मौलाउदै गएको हो । जिल्लाको स्वर्गद्धारी नगरपालिकामा पौष २५ गते खड्केस्वरी सहकारी, उमामहेश्वरी मा.वि र ४ नं वडा सहित विभिन्न १७ घरमा चोरी तथा लुटपाट भएको थियो । अर्काे दिन भोलिपल्ट २६ गते गौमुखी गाउँपालिकाको गौमुखी मा.वि ठूलाबेसी सहित एक दर्जन घरहरु र झिमरुक गाउँपालिका ७ कुतामा पौष २७ गते राती चार घरमा चोरी भएको हो । त्यस्तै पौष २८ गते झिमरुक गाउँपालिका ४ चुँधारामा वडा अध्यक्ष सिताराम पोख्रेलको घर सहित अन्य १० घरमा राती नै चोरद्धारा लुटपाट भएको थियो । नौबहिनी गाउँपालिकाको ७ नं वडाका केही बिद्यालय र घरमा पनि तोडफोड भएको हो । हिजो राती झिमरुक गाउँपालिका ५ ओखरकोट ढाडमा पदम बहादुर खडकाको घरबाट समेत नगद सहित सुन लगायतका सामाग्री चोरी गरेको छ ।


चोरीका घटनाले स्थानीय बासीलाई त्रसित बनाएको छ । सोही अनुरुप जिल्लाका विभिन्न ठाउँहरुमा भएको शृङ्खलाबद्व चोरीका घटनाहरुको सूक्ष्म अनुसन्धान गरि दोषीलाइ कार्वाहीको दायरामा ल्याउन प्यूठान उद्योग वाणिज्य संघले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ । साथै सजकता अपनाउदै शन्कास्पद लागेमा सुरक्षा निकायलाइ खबर गर्न अनुरोध समेत गरेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यलय प्यूठानले एक सुचना जारी गर्दै गाउँमा रहेको स्थानीय क्लब लगायतका सामाजिक संघ संस्थाहरुमा आवद्ध यूवाहरुलाई परिचालन गरि सो सम्बन्धमा समुदाय स्तरमा सचेतना फैलाउन आग्रह गरेको हो । गाउँमा विभिन्न वहानामा अपरिचित व्यक्ति आएमा सोध खोज तथा शंका लागेमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराउन अनुरोध गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...