News Portal

रेडियो सुन्नुहोस्

चोरीका घटना तत्काल रोकथाम तथा त्रास पूर्ण बातावरणलाई सहज बनाउन वडाले गर्‍यो यस्तो निर्णय

बिबश जि एम१० माघ २०७९
५३७ पटक
१० माघ २०७९

पछिल्लो समय चोरीको घटना सिमित वडामा मात्र नभई सिङ्गो जिल्लालाई नै चुनौती दिने गरि दिनानुदिन बढ्दै गइरहेको छ । यो अवस्थालाई तत्काल रोकथाम तथा समुदायमा भएको त्रास पूर्ण बातावरणलाई सहज बनाउन स्वगद्धारी नगरपालिका ५ नं वडाले विभिन्न वडाका क्रियाशील राजनीतिक दल, बुद्धिजीवी, समाजसेवीहरुको उपस्थितिमा छलफल गरेको छ।


वडा अध्यक्ष गिर बहादुर घर्ति मगरको नेतृत्वमा विभिन्न निर्णय माथि छलफल गरेको हो । उक्त भेलाले कुनै अपरिचित वा शंकास्पद व्यक्ति देखा परेमा वडा कार्यालय तथा इलाका प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ । त्यस्तै साँझ ८ : ०० बजे पछि होटल, पसल व्यवसाय पूर्णरुपमा बन्द गर्ने, वडा भन्दा बाहिरबाट आएका कामदारहरुले अनिवार्य रुपमा परिचय खुल्ने गरि प्रमाण पत्र तथा फोन नम्बर वडामा उपलब्ध गराउन भनेको । साथै कुनै पनि अवैध रुपमा व्यापारको नाममा अन्यत्रबाट आउने व्यापारीहरुलाई रोक लगाउने निर्णय समेत गरेको वडा अध्यक्ष घर्तिले जानकारी दिए ।
मंगलबारको भेलाले तत्काल जिल्ला सुरक्षा समिति समक्ष अस्थायी प्रहरी पोष्ट माग गर्ने, स्वर्गद्वारी नगरपालिकाले तत्काल मुख्य स्थानमा सोलार बत्ती जडान गर्ने, वडा कार्यलयमा सिसि क्यामरा जोड्ने र अन्य स्थानमा जडाका लागि पहल गर्ने निर्णय गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...