News Portal

रेडियो सुन्नुहोस्

चोरीका घटना तत्काल रोकथाम तथा त्रास पूर्ण बातावरणलाई सहज बनाउन वडाले गर्‍यो यस्तो निर्णय

बिबश जि एम१० माघ २०७९
७०० पटक
१० माघ २०७९

पछिल्लो समय चोरीको घटना सिमित वडामा मात्र नभई सिङ्गो जिल्लालाई नै चुनौती दिने गरि दिनानुदिन बढ्दै गइरहेको छ । यो अवस्थालाई तत्काल रोकथाम तथा समुदायमा भएको त्रास पूर्ण बातावरणलाई सहज बनाउन स्वगद्धारी नगरपालिका ५ नं वडाले विभिन्न वडाका क्रियाशील राजनीतिक दल, बुद्धिजीवी, समाजसेवीहरुको उपस्थितिमा छलफल गरेको छ।


वडा अध्यक्ष गिर बहादुर घर्ति मगरको नेतृत्वमा विभिन्न निर्णय माथि छलफल गरेको हो । उक्त भेलाले कुनै अपरिचित वा शंकास्पद व्यक्ति देखा परेमा वडा कार्यालय तथा इलाका प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ । त्यस्तै साँझ ८ : ०० बजे पछि होटल, पसल व्यवसाय पूर्णरुपमा बन्द गर्ने, वडा भन्दा बाहिरबाट आएका कामदारहरुले अनिवार्य रुपमा परिचय खुल्ने गरि प्रमाण पत्र तथा फोन नम्बर वडामा उपलब्ध गराउन भनेको । साथै कुनै पनि अवैध रुपमा व्यापारको नाममा अन्यत्रबाट आउने व्यापारीहरुलाई रोक लगाउने निर्णय समेत गरेको वडा अध्यक्ष घर्तिले जानकारी दिए ।
मंगलबारको भेलाले तत्काल जिल्ला सुरक्षा समिति समक्ष अस्थायी प्रहरी पोष्ट माग गर्ने, स्वर्गद्वारी नगरपालिकाले तत्काल मुख्य स्थानमा सोलार बत्ती जडान गर्ने, वडा कार्यलयमा सिसि क्यामरा जोड्ने र अन्य स्थानमा जडाका लागि पहल गर्ने निर्णय गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...