News Portal

रेडियो सुन्नुहोस्

सुरक्षा चुनौती सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम

बिबश जि एम११ माघ २०७९
५५४ पटक
११ माघ २०७९

नौबहिनी गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय वहानेको आयोजनामा सुरक्षा चुनौती सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार भएको हो। जिल्लाको विभिन्न स्थानमा भइरहेका चोरीका घटनाहरुको स्थितिलाई हेर्दै ती चोरी गर्ने व्यक्तिहरु तपाई हाम्रो गाउँ ठाउँसम्म पनि आउन सक्ने भन्दै त्यसलाई कसरी तत्कालको लागि रोकथाम तथा न्यूनिकरण गर्न सकिन्छ, भन्ने बिषयमा अन्तरक्रिया भएको थियो । चोरीका घटनाले गर्दा स्थानीय जनता आतंकित भएको महसुस गर्दै सो कार्र्यक्रम गरिएको इलाका प्रहरी कार्यालय वहानेका कार्यालय प्रमुख भानुभक्त अर्यालले जानकारी दिए । कार्यक्रममा होटेल व्यवसायि संघले अवदेखी राती ९ बजे पछि होटेल तथा पसलहरु नखुल्ने बताएका छन् ।

अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमले गाउँ भन्दा बाहिरबाट व्यापारीको भेषमा आउने व्यक्तिहरुलाई विशेष निगरानी गर्ने छलफल भएको हो । उपस्थित स्थानीयले हामी आफैमा सर्तकता हुन आवश्यक रहेको भन्दै यो कार्यलाई कार्यन्वयन गर्न सबैको दायित्व भित्र परेको बताउदै होटेल तथा पसाल समयमा खुल्ला गर्ने र बन्द गर्ने निर्णय गरेका हुन् । साथै उनिहरुले यो समयमा अनिवार्य रुपमा गोष्ठी बढाउन आवश्यक रहेको र त्यसमा सकेको सहयोग स्थानीबाट हुने समेत बताएका छन् । कार्यक्रममा होटेल व्यवसायि संघ, उद्योग बाणिज्य संघ, गाउँपालिकाका जनप्रतिनिधी, व्यापारी, शिक्षक लगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...