News Portal

रेडियो सुन्नुहोस्

बैकल्पिक शिक्षाको आवश्यकता छ – जि.स.स प्रमुख जि.सी

बिबश जि एम१८ माघ २०७९
७६५ पटक
१८ माघ २०७९

झिमरुक गाउँपालिका वडा नम्बर १ सौतामारे स्थित अमर सिंह मा.बि. को ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । बुधबार ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा जिल्ला समन्वय समिती प्युठानका प्रमुख धरम जि.सी.ले शिक्षाको सुधार हुँदै गएको र अव बैकल्पिक शिक्षाको आवश्यकता रहेको बताए । उनले विद्यालयलाई परेको समस्याहरु वडाबाट सिफारिस भएर आएमा आफुले त्यसलाई समाधान तर्फ लैजाने जानकारी दिए । त्यस्तै विद्यालयको लागि अझै थप उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गरे ।


त्यस्तै झिमरुक गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत सुवास रिजालले शिक्षाको क्षेत्रलाई अगाडी बढाउन शिक्षक, अभिभाव, विद्यार्थी नै लगाव भएर लाग्नुपर्ने बताए । त्यस्तै अन्य वक्ताहरुले ब्यबहारिक शिक्षा बिना समृद्धिको परिकल्पना गर्न नसकिने भएकाले त्यसको लागि अभिभावक शिक्षक विद्यार्थी बिच तृकोणात्म सम्बन्ध भए मात्र हासिल गर्न सकिने बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिती प्रमुख धरम बहादुर जि.सि, विशिष्ट अतिथि झिमरुक गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत सुवास रिजाल लगायत वडा अध्यक्ष धुर्व खनाल, दधिराम पोख्रेल, शिक्षा शाखा प्रमुख मोहन बिसी जनप्रतिनिधि, शिक्षाप्रेमी, समाजसेबी, अभिभावक र विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...