News Portal

रेडियो सुन्नुहोस्

शुस्त मनस्थितिका बालबालिकालाई न्यानो कम्बलहरू हस्तान्तरण

बिबश जि एम१९ माघ २०७९
४५८ पटक
१९ माघ २०७९

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विहिबार जनता मा वि बाग्दुलामा अध्ययनरत शुस्त मनस्थितिका बालबालिकालाई न्यानो कम्बलहरू हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा १२ जना शुस्त मनस्थितिका बालबालिका भए पनि कतिपय घरदेखी नै आउजाउ गर्ने भएका कारण होस्टेल बस्दै आइरहेका ५ जनालाई मात्र प्रतिव्यक्ति १ थानका दरले दिइएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले बताए । यो शाखाले पुष २६ गते भुवनेश्वरी मा.वि खैरामा अध्ययनरत २१ जना सुस्त श्रवण भएका व्यक्ति र त्यहि दिन नै महेन्द्र नमुना मा.वि खलंगामा रहेका दृष्टिविहिन १४ जनालाई दिएको जानकारी दिए ।


शाखाले सक्ने सहयोगहरु सधै गर्दै आइरहेको र राहतका कार्य आगामी दिनमा पनि निरन्तर रहने सभापति पुलामीले बताए । मानविय समस्या देखी लिएर, हरेक खालका कार्यहरुमा निष्पक्ष तरिकाले गरिब दिनदुखीहरुलाई सहयोग गर्दै आइरहेको बताएका छन् । साथै शाखाको यहि माघ २७ गते अधिबेशन हुने समेत जनाएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने पनि सभापति पुलामीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...