News Portal

रेडियो सुन्नुहोस्

चौतारीको स्थापना दिवसमा सम्मान सहित विविध कार्यक्रमको आयोजना

झुलेनी पोष्ट
५४४ पटक

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानले २५ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । आइतवार बिहान प्यूठान अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरी दिवसको सुरुवात गरेको हो ।

अस्पतालमा उपचार गराइरहेका ४० जना भन्दा बढि बिरामीलाई फलफुल वितरण गरिएको शाखा अध्यक्ष बासुदेव गिरीले जानकारी दिए । त्यसैगरी आजै रक्तदान कार्यक्रम समेत गरीएको छ ।

शाखामा आवद्ध पत्रकारहरु मध्ये हेमेन्त पाठक, शिवा रेग्मि लगायतले रक्तदान गरेका थिए ।

चौतारीद्वारा थापा र पौडेललाई सम्मान

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानमा स्थापना गरिएको स्व. गोपालदास नकर्मि स्मृति पत्रकारित पुरस्कार पत्रकार एलबी थापालाई प्रदान गरीएको छ । प्रेस चौतारी लुम्बिनी प्रदेश सचिव एवम् शाखा पुर्व अध्यक्ष रहेका थापालाई नगद सहित सम्मान पत्र प्रदान गरीएको हो ।

जिल्ला शाखाको संस्थागत विकास र पत्रकारिताका माध्यमबाट पु¥याएको योगदानको मुल्याङ्कन गर्दै सम्मान गरिएको हो । त्यसैगरी शाखाका निवर्तमान अध्यक्ष नोमराज पौडेललाई समेत प्यूठान शाखाले स्थापना दिवसको अवसरमा सम्मान गरेको छ । पौडेल स्थानीय तहको निर्वाचन २०७९ मा मल्लरानी गाउँपालिका वडा नं. ३ बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको र शाखाको संस्थागत विकासमा पु¥याउनुभएको योगदानको कदर स्वरुप सम्मान गरीएको हो ।

सम्मान कार्यक्रममा माननीय लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्माको प्रमुख आतित्थ्यता, चौतारी केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारीको विशेष आतिथ्यता रहेको थियो । शाखा अध्यक्ष बासुदेव गिरीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव राम बहादुर बि.क.ले गरेका थिए ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...