News Portal

रेडियो सुन्नुहोस्

चौतारीको स्थापना दिवसमा सम्मान सहित विविध कार्यक्रमको आयोजना

झुलेनी पोष्ट
७७५ पटक

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानले २५ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । आइतवार बिहान प्यूठान अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरी दिवसको सुरुवात गरेको हो ।

अस्पतालमा उपचार गराइरहेका ४० जना भन्दा बढि बिरामीलाई फलफुल वितरण गरिएको शाखा अध्यक्ष बासुदेव गिरीले जानकारी दिए । त्यसैगरी आजै रक्तदान कार्यक्रम समेत गरीएको छ ।

शाखामा आवद्ध पत्रकारहरु मध्ये हेमेन्त पाठक, शिवा रेग्मि लगायतले रक्तदान गरेका थिए ।

चौतारीद्वारा थापा र पौडेललाई सम्मान

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानमा स्थापना गरिएको स्व. गोपालदास नकर्मि स्मृति पत्रकारित पुरस्कार पत्रकार एलबी थापालाई प्रदान गरीएको छ । प्रेस चौतारी लुम्बिनी प्रदेश सचिव एवम् शाखा पुर्व अध्यक्ष रहेका थापालाई नगद सहित सम्मान पत्र प्रदान गरीएको हो ।

जिल्ला शाखाको संस्थागत विकास र पत्रकारिताका माध्यमबाट पु¥याएको योगदानको मुल्याङ्कन गर्दै सम्मान गरिएको हो । त्यसैगरी शाखाका निवर्तमान अध्यक्ष नोमराज पौडेललाई समेत प्यूठान शाखाले स्थापना दिवसको अवसरमा सम्मान गरेको छ । पौडेल स्थानीय तहको निर्वाचन २०७९ मा मल्लरानी गाउँपालिका वडा नं. ३ बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको र शाखाको संस्थागत विकासमा पु¥याउनुभएको योगदानको कदर स्वरुप सम्मान गरीएको हो ।

सम्मान कार्यक्रममा माननीय लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्माको प्रमुख आतित्थ्यता, चौतारी केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारीको विशेष आतिथ्यता रहेको थियो । शाखा अध्यक्ष बासुदेव गिरीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव राम बहादुर बि.क.ले गरेका थिए ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...