News Portal

रेडियो सुन्नुहोस्

नयाँ उद्यमिका लागि ८ दिने उद्यमशीलता विकास तालिम सुरु

हेमन्त पाठक२४ माघ २०७९
९१५ पटक
२४ माघ २०७९

प्युठान नगरपालिकाको आयोजनामा प्युठान नगरपालिका १ साल घारीमा सोमबार देखि ८ दिने गरीबि निवारण सम्बन्धी लघु उद्यम बिकास कार्यक्रम सुरु भएको छ । लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत उद्यमशीलता अभिबृद्धि गर्ने उदेश्य संगै रोजगारी सृजना गर्ने र नयाँ उद्यमिका लागि ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको हो ।
उक्त तालीमको उद्घाटन गर्दै प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले उद्यमसिलता बिकास तालीम बाट स्वरोजगार सङ्गै रोजगारी सृजनामा केन्द्रित हुने बताए। उनले भने’ तालिम अबधिभर सहभागीले आफ्नो जिम्मेवारी लिनु भनेको स्वरोजगार बन्नु हो ।

उनले व्यक्ति कुशल भए राष्ट्र र समाजले पनि लाभ लिने बताएका छन् । । उद्यमशीलता विकासको क्षेत्रमा प्युठान नगरपालिका निरन्तर आगडी बढने प्रतिबद्धता समेत जनाएका छन् । त्यस तालिम बाट समुदाय स्तरमा सिपको बिकास गरि स्वरोजगार बन्न समेत उनले आग्रह गरे । तालिम फागुन १ गते सम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...